फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिनफिङद्बारा रोग प्रतिरोध सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यलाई सबल पार्न चीनको नेतृत्व

(GMT+08:00) 2020-04-16 20:32:02
हाल कोरोना महामारी विश्वमा लगातार रुपमा फैलिंदै आएको छ। यस्तो अभूतपूर्व रोग सामु १ अर्ब ४० करोड जनसंख्या बोकेको विकासोन्मुख मुलुक चीनले देखाएको दृढता र जिम्मेवारीबोधलाई समस्त अन्तर्राष्ट्रिय समाजले हेरिरहेको छ। रोग देखा परे यता चीनका राष्ट्राध्यक्ष सी चिनफिङले धेरैपटक गरी राष्ट्रनायक बीचको कूटनीतिक कार्यकलाप चलाएर चिनियाँ आह्वान र चिनियाँ योजना प्रस्तुत गर्ने तरिकामार्फत रोग निवारण र नियन्त्रण सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यलाई अघि बढाउनुभएको छ।

प्राप्त तथ्याङ्क अनुसार, अप्रिल १५ तारिखसम्म राष्ट्राध्यक्ष सीले विश्व स्वास्थ्य संगठनका सहाप्रबन्धक, कम्बोडियाका प्रधानमन्त्री, मङ्गोलियाका राष्ट्रपति र पाकिस्तानका राष्ट्रपतिसँग भेट-वार्ता गर्नुभएको थियो। यसबाहेक, उहाँले रुस, अमेरिका, बेलायत र फ्रान्स लगायत जम्मा ३२ जना विदेशी नेता र संयुक्त राष्ट्र संघका महासचिव लगायतका अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिसँग टेलिफोन वार्ता पनि गर्नुभएको थियो। उहाँले विभिन्न पक्षका लागि विश्वासलाई पुन:स्थापना गर्न हौसला दिन र रोग निवारण सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यलाई अघि बढाउनका लागि निर्देशनात्मक भूमिका निर्वाह गर्नुभएको छ।

जानकारी तथा लेखहरु