फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संघीय सरकारले आफ्नो जिम्मेवारी लुकाएर महामारीको प्रतिरोधमा प्रभावकारी काम नगरेकोमा अमेरिकी विभिन्न क्षेत्र असन्तुष्ट

(GMT+08:00) 2020-04-18 18:59:56
कोरोना भाइरस महामारी अमेरिकामा तीव्र गतिले फैलिइरहेको अवस्थामा अमेरिकी संघीय सरकारले आफूले प्रभावकारी काम नगरेकोमा निहुँ मात्रै खोजिरहेको छ।

चालू वर्षको मार्च महिनाको प्रारम्भमा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै आएको स्थितिमा अमेरिका सरकारले त्यसको सुस्त कारवाहीलाई लुकाउन धेरै पटक चीनमाथि दोषारोपण गरिरहेको थियो। अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चीनले समयमै विश्वका अरु मुलुकहरु तथा विश्व स्वास्थ्य संगठनलाई महामारीको विस्तृत जानकारी नदिएको कारण अमेरिकामा महामारी देखा परेको आरोप दोहोर्याइरहनुभएको छ। तथापि चालू वर्षको जनवरी ३ तारिखमा चीनले अमेरिकालाई कोरोना भाइरस सम्बन्धित खबर सुनाउनुका साथै भाइरसको खतराबारे चेतावनी दिएको थियो।

अप्रिल १४ तारिख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई सहायता रोक्ने घोषणा गर्नुका साथै विश्व स्वास्थ्य संगठनमाथि "व्यहोर्नुपर्ने जिम्मेवारी वहन नगरेको" आरोप लगाउनुभएको थियो। त्यसको जवाफमा विश्व स्वास्थ्य संगठनले अप्रिल १५ तारिख सार्वजनिक गरेको खबरका अनुसार, जनवरी ५ तारिख विश्व स्वास्थ्य संगठनले विश्वलाई कोरोना भाइरसको सम्बन्धित खबर सार्वजनिक गरेको थियो। जसबाट ट्रम्पको भनाई निराधार रहेको प्रमाणित हुन्छ।

जानकारी तथा लेखहरु