फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी रक्षामन्त्रीले जिम्मा अरूमाथि थोपर्नुको उद्देश्य अमेरिकी सेनामा महामारीको स्थिति लुकाउनु मात्र होइन

(GMT+08:00) 2020-04-18 19:01:17
अमेरिकामा कोरोना भाइरस महामारीको स्थिति दिन प्रतिदिन भयानक हुँदै आएको परिप्रेक्षमा वास्तविकता लुकाउने अर्का विशेषज्ञ देखापरेका छन्।

स्थानीय समय अप्रिल १६ तारिख अमेरिकी रक्षामन्त्री मार्क एस्परले महामारीबारे चीनले गलत खबर प्रदान गरेको र चीनको कार्यकलाप पारदर्शी नरहेको दोषारोपण गर्नुभयो। उहाँको यस्तो वाहियात भनाई केही अमेरिकी राजनीतिज्ञको भनाईसँग मिलेको छ। अरूमाथि दोष थोपर्ने उद्देश्य लिएर उहाँले यस्तो कुरा भन्नुभएको हो।

उहाँको हैसियतबारे सोच-विचार गर्दा अमेरिकी सेनामा महामारीको अवस्थालाई ध्यान दिनुपर्छ। उहाँले उक्त भनाई व्यक्त गरेकै दिन अमेरिकी नौ सेनाले "रोसभेल्ट" विमानवाहक जहाजमा कोरोना भाइरस संक्रमितहरुक कूल संख्या ६५५ पुगेको जनाएको थियो। तथापि यस्तो भयानक परिस्थितिबाट जोगाउन सकिएको थियो। मार्च ३० तारिख "रोसभेल्ट" विमानवाहक जहाजका क्याप्टेन बरेट करोजिएरले अमेरिकी नौ सेनाको उच्च तहसँग सहयोगका लागि चिट्ठी पठाएर जहाजमा भएका सैनिकहरु छिटै जहाज छोडेर क्वारेन्टाइन जानसक्ने आशा राख्नुभयो। बदलामा उहाँलाई "अक्षम" रहेको आलोचना गर्दै पदबाट हटाइएको छ। र तीन दिनपछि मार्क एस्परले सी.एन.एनलाई अन्तर्वार्ता दिंदै अमेरिकी नौ सेनाको उक्त निर्णयको समर्थन गर्नुका साथै चिट्ठीमा लेखिएको कथा सत्य नभएको दाबी गर्नुभयो।

कस्को कथा साँचो छ? "रोसभेल्ट" विमानवाहक जहाज बाहेक, अमेरिकी नौ सेनाका अरु तीन विमानवाहक जहाजमा पछि कोरोना भाइरस संक्रमितहरु देखा परेका छन्। अमेरिकी सञ्चार माध्यमहरुले अमेरिकी सेनाको खबर पारदर्शी नभएकोले धेरै पक्षलाई चित्त नबुझेको जनाएका छन्।

त्यसपछि महामारी लुकाउन खोजेका मार्क एस्परहरुले जिम्मा अरूमाथि थोपर्नुभयो। हिलो छ्याप्ने वास्तविकतालाई लुकाउन सक्दैन भने जिम्मा अरूमाथि थोपर्नुले पनि भाइरसलाई उन्मुलन गर्नसक्दैन। यस्तो गैरजिम्मेवार रक्षामन्त्री भएर अमेरिकी सैनिकहरुको स्वास्थ्य तथा सुरक्षास्थितिप्रति चिन्ता बढाएको छ।

जानकारी तथा लेखहरु