फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी बजारमा कच्चा तेलको मूल्य अभूतपूर्व गिरावट

(GMT+08:00) 2020-04-21 20:58:45

अप्रिल २० तारिख विश्व कच्चा तेल बजारको तीन बेन्चमार्क मूल्यहरूमध्ये एउटा – अमेरिकी पश्चिमी टेक्सासको कच्चा तेल भविष्यकालीन स्टकको मूल्य (डब्ल्यूटीआई), ऋणात्मक ३७.६३ अमेरिकी डलर प्रति ब्यारेलमा पुगेको छ। इतिहासमा पहिलो पटक यस्तो भएको हो।

यस अवस्थाको मुख्य कारणः नयाँ कोरोना भाइरस महामारीले विश्वव्यापी अर्थतन्त्र अस्थिर भएकाले हो। बजारमा कच्चा तेलको मागमा तीव्र गिरावट आएको छ। यसले के देखाउँदछ भने नयाँ कोरोना भाइरस महामारीको खराब प्रभाव अर्थतन्त्रमा द्रुत गतिमा छ। केही विश्लेषकहरूले महामारीबाट अमेरिकाको साना र मध्यम तेल उद्योगहरुको ठूलो परिमाणको दिवालियापन पैदा गर्न सक्ने बताएका छन्। यसले अमेरिका र विश्वव्यापी अर्थतन्त्रलाई ठूलो प्रहार गर्ने छ।

आईएमएफले जारी गरेको प्रतिवेदनमा "विश्व आर्थिक दृष्टिकोण"मा सबैभन्दा आकस्मिक काम नयाँ कोरोना भाइरस महामारीको प्रभावलाई नियन्त्रण गर्नु रहेको उल्लेख छ। विशेष गरी चिकित्सा क्षेत्रको क्षमता र स्रोतहरूको बृद्धि गर्न मेडिकल खर्च बढाउँदै भाइरसको फैलावट घटाउनका लागि विभिन्न कदम चाल्न अति आश्वयक रहेको प्रतिवेदनले औंल्याएको छ। जब महामारी प्रभावकारी रूपमा नियन्त्रण आउँछ तब मात्र आर्थिक सुधारको लागि आधारशिला तय हुन्छ।

जानकारी तथा लेखहरु