फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भविष्यका लागि लगानी नै महत्वपूर्ण विषय हुने अन्तर्राष्ट्रिय मुद्रा कोष संगठनका पूर्व महाप्रबन्धकको सुझाव

(GMT+08:00) 2020-04-22 18:20:32

नयाँ कोरोना भाइरस संक्रमित महामारीले यतिबेला विश्वमा लागि संकट सिर्जना गरेको छ। महामारी अवस्थाबाट सिर्जना भएको प्रभावलाई कम बनाउँदै अर्थतन्त्रको पुनःरुत्थानलाई साकार तुल्याउनका लागि लगानीले निकै महत्वपूर्ण भूमिका सिर्जना गर्दछ। लगानीमा सबैभन्दा महत्वपूर्ण भनेको भविष्यका लागि लगानी हो। अन्तर्राष्ट्रिय मुद्रा कोष संगठनका भूतपूर्व महाप्रबन्धक एवं छिङ व्हा विश्वविद्यालयको राष्ट्रिय बित्त अनुसन्धान विभागका प्रमुख चु मिनले चाइना मिडिया ग्रुपसँग कुराकानीमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार नयाँ कोरोना भाइरसबाट विश्वका लागि देखिएको संकट सन् २००८ को बित्तीय संकटभन्दा अझै गम्भीर देखिन्छ। किनभने यसले कूल आपूर्ति र कूल माग गरी दुई क्षेत्रमा प्रभाव पारेको छ। वर्तमान अवस्थाबाट हेर्दा विश्वको अर्थतन्त्र घट्ने क्रममा छ। तापनि ठूलो उदासीनतामा प्रवेश गर्छ कि गर्दैन भन्ने निश्चित छैन।

भविष्यको अर्थतन्त्र पुनःरुत्थानबारेमा वर्तमान अवस्थामा व्यापारले अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने शक्ति कमजोर छ। चालु वर्षमा अर्थतन्त्रको पुनःरुत्थानका लागि लगानीले मुख्य भूमिका सिर्जना गर्नेछ। भाविष्यको लगानीमा मुख्य गरी उच्च बैज्ञानिक प्रविधि,हरित वातावरण र नागरिक जीवन आदि विषय समेटिएका छन्। भविष्यमा झन बढी स्वतन्त्र व्यवसाय हुने छ भने उनीहरुले आफ्नो रचनात्मक शक्ति सिर्जना गर्दै अवसर सिर्जना गर्ने छन्।

जानकारी तथा लेखहरु