फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व स्वास्थ्य संगठनद्वारा नयाँ कोरोना भाइरस कृत्रिम रूपमा बनेको भन्ने कुराको खण्डन

(GMT+08:00) 2020-04-22 18:24:27

अप्रिल २१ तारिख विश्व स्वास्थ्य संगठनका प्रवक्ता फादिला छाइबले प्राप्त प्रमाणहरूका आधारमा नयाँ कोरोना भाइरस चमेरोबाट आएको सम्भावना रहेको तर यो प्रयोगशाला वा कृत्रिम रुपमा नबनेको जानकारी दिनुभयो।

प्रवक्ता छाइबले विश्व स्वास्थ्य संगठनले नयाँ कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रण गर्नुका साथै "भ्रम महामारी" को बिरूद्ध पनि लडिरहेको बताउनुभयो।

उहाँले नयाँ कोरोना भाइरस चमेरोबाट फैलिएको संभावना छ तर कसरी मानवमा फैलियो भन्ने स्पष्ट छैन भन्दै त्यहाँ कुनै माध्यम हुनुपर्ने कुरामा जोड दिनुभयो। विश्व स्वास्थ्य संगठनले सबै देशहरूमा भाइरसको स्रोत पत्ता लगाउन कुरामा समर्थन गर्ने बताउँदै केही कार्य समूहहरूले अध्ययन गरिरहेको जानकारी पनि उहाँले दिनुभयो। चीन एकदम सक्रिय रुपमा भाइरसको स्रोत पत्ता लगाउन लागेको कुरा उहाँले उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु