फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकामा निश्चित कोभिड-१९ संक्रमित ८ लाख २० हजार

(GMT+08:00) 2020-04-22 18:30:50

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकी पूर्वी क्षेत्रको समयअनुसार अप्रिल २१ तारिख अमेरिकामा नयाँ कोरोना भाइरस संक्रमित निश्चित संख्या ८ लाख २० हजार १०४ पुगेको छ भने ४४ हजार २२८ जनाको मृत्यु भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोही दिन वाइटहाउसमा बोल्दै अमेरिकाले भावी ६० दिनमा अध्यागमन निलम्बन गर्ने निर्णय गरेको बताउनुभयो। उहाँका अनुसार कोभिड-१९ बाट सिर्जना गरिएको बढ्दो बेरोजगारको सामना गर्नका लागि उक्त निर्णय गरिएको हो।

यसका साथै अमेरिकी रोग नियन्त्रण केन्द्रका प्रमुख रोबर्ट रेडफिल्डका अनुसार आगामी हिँउँदे ऋतुमा अमेरिकाले दोस्रो चरणको अझ गम्भीर महामारी अवस्था भोग्ने सम्भावना छ। जसले चिकित्सा प्रणालीका लागि अकल्पनीय दवाव ल्याउने छ।

जानकारी तथा लेखहरु