फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

व्यवसायको पुनःकाम तथा उत्पादनका लागि चिनियाँ कदमहरु

(GMT+08:00) 2020-04-22 18:31:20
चीनको बैंक विमा निगरानी तथा व्यवस्थापन समितिले धेरै कदमहरु चालेर बैंक विमा संस्थाद्वारा नयाँ कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण र आर्थिक तथा सामाजिक विकासमा सिर्जना भएको बित्तीय समर्थनलाई बढाउने छ। चीनको बैंक विमा निगरानी तथा व्यवस्थापन समितिका उपाध्यक्ष ह्वाङ हुङले अप्रिल २२ का दिन आयोजित प्रेस सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार हाल ८ खर्ब ८० अर्ब चिनियाँ ऋण बुझाउने समय लम्बाइएको छ। साथै व्यक्तिगत आवास ऋण र उपभोग्य ऋण तिर्नका लागि लचिलो बन्दोबस्त गरेको छ। जसले व्यवसाय र नागरिकको दवावलाई कम बनाएको छ।

पहिलो त्रैमासिक अवधिमा चिनियाँ युआनको ऋण ७१ खर्ब युआनले बढेको छ भने गत वर्षको सोही अवधिको भन्दा १३ खर्ब बढी छ। यो ऋण मुख्य गरी विनिर्माण व्यवसाय,थोक र खुद्रा उद्योग,पूर्वाधार प्रबन्धको निर्माण आदि क्षेत्रमा लगानी भएको छ जसले प्रभावकारी रुपमा उच्च प्राविधिक विनिर्माण उद्योगको विकास,परम्परागत उद्योगको सुधार,नागरिक तथा सार्वजनिक उपभोग्य आदि पूर्वाधार प्रबन्धको लगानीलाई समर्थन गरेको छ।

जानकारी तथा लेखहरु