फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कथित भेदभावजस्ता प्रायोजित हल्लाले चीनअफ्रिका सम्बन्धमा कुनै हानि पुर्‍याउन सक्दैन

(GMT+08:00) 2020-04-22 19:25:55

हालै अमेरिकी केही व्यक्तिहरूले "क्वाङ चौमा अफ्रिकी नागरिकमाथि भेदभाव गरिएको" भन्ने हल्ला फैलाएका छन्। क्वाङ चौका लागि अमेरिकी वाणिज्यदूतावासले पनि अफ्रिकी मूलका अमेरिकी नागरिकहरुले क्वाङ चौमा भेदभाव सामना गरिरहेको बताएको छ। उनीहरूको उद्देश्य स्पष्ट छ, चीन र अफ्रिका बीच द्वन्द्व भड्काउन चाहनु र चीनमा "जातीय भेदभाव"को कथित नाम दिनु।

चीनले अफ्रीकी नागरिकहरूलाई कस्तो व्यवहार गर्दछ, अफ्रिकी मित्रहरूलाई राम्रोसँग थाहा छ। नाइजेरियाका विदेशमन्त्री जिओफ्रेइ ओनिमाले आफ्नो देशका केही नागरिकहरूले क्वाङ चौमा महामारी रोकथामका नियमहरू कडाईका साथ पालना नगरेको र केही सामाजिक संजालमा आएको भिडियोको गलत अर्थ लगाएको स्पष्ट पार्नुभयो। नाइजेरियाको सूचना तथा संस्कृति मन्त्रालयका अधिकारी ओचुकोले अमेरिकी नेतृत्वमा रहेको पश्चिम समाजले जनमतलाई नियन्त्रण गरेको भन्दै सम्बन्धित भिडियोहरूको क्लिप बनाएर सामाजिक संजालमा व्यापक रुपमा प्रसारण गरेको औँल्याउनुभयो।

केही अमेरिकी राजनीतिज्ञ र मिडियाले महामारीको रोकथाम र नियन्त्रणलाई राजनीतिकरण गरी अफ्रिका र अन्य देशका मानिसहरुलाई भ्रम छर्ने प्रयास गरिरहेका छन्। उनीहरु चीन र अफ्रिका बीचमा द्वन्द्व पैदा गराउन चाहन्छन्।

अफ्रिकी मित्रहरूले यसलाई स्पष्टसँग देख्न सक्छन्। महामारी रोकथाम र नियन्त्रण गर्नका लागि वर्तमान चीनले विभिन्न उपायहरू चालेको छ। चीनमा रहेका आफ्नै नागरिकहरु र विदेशीहरूको स्वास्थ्यको लागि अत्यधिक जिम्मेवारीको आधारमा केही कदम चालेको छ र कुनै भेदभाव छैन।

यस महामारीमा चीन र अफ्रिका बीचको आपसी सहयोगले दुबै पक्षहरू असल भाइ, असल मित्र र राम्रो साझेदार हुन् भन्ने कुरा चीन-अफ्रिका सम्बन्ध इतिहास र समयको परीक्षाले पारित गर्न सक्छ।

जानकारी तथा लेखहरु