फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न मुलुकबीच महामारीको रोकथाम तथा नियन्त्रण दूरी घटाउने विश्व स्वास्थ्य संगठनको प्रयास

(GMT+08:00) 2020-04-23 18:43:49

नयाँ कोरोना भाइरस मानव जातिसँग दीर्घकालीन रुपमा रहने छ। धेरै मुलुकले उक्त भाइरसको प्रचारप्रसारलाई सफल नियन्त्रणमा राखेका छन्। तरपनि नयाँ कोरोना भाइरस अत्यन्त खतरनाक भएकाले विश्वका अधिकांश जनतामा संक्रमित हुनसक्छ। जसबाट महामारी अवस्था फेरि फर्कन सक्ने सम्भावना छ। विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस अधानोम घेब्रेयेसुसले अप्रिल २२ तारिख उक्त कुरा बताउनभुएको हो। उहाँका अनुसार स्वास्थ्य,सुरक्षित र सम्पूर्ण तयारी रहेको विश्वको स्थापना गर्नुपर्छ। हाल ६६ प्रतिशत मुलुकले नयाँ कोरोना भाइरस संक्रमित महामारी बिरामीको क्लिनिकल रेफरल प्रणाली राखेका छन्। ४८ प्रतिशत मुलुकसँग महामारीको रोकथाम तथा नियन्त्रण योजना र चिकित्सा प्रबन्धमा आवश्यक पानीको स्रोत र स्वास्थ्य मापदण्ड रहेको छ। विश्व स्वास्थ्य संगठनले निरन्तर रुपमा विभिन्न मुलुकसँग सहयोग गर्दै मुलुकहरुबीचको दूरीलाई घटाउने प्रयास गर्नेछ।

जानकारी तथा लेखहरु