फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री लीको अध्यक्षतामा नयाँ कोरोना भाइरसको रोकथाम र नियन्त्रण सम्बन्धी केन्द्रीय नेतृत्व समूहको बैठक सम्पन्न

(GMT+08:00) 2020-04-23 18:44:55

अप्रिल २२ तारिख नयाँ कोरोना भाइरसको रोकथाम र नियन्त्रण सम्बन्धी केन्द्रीय नेतृत्व समूह बैठक बेइजिङमा सम्पन्न भयो। चीनका प्रधानमन्त्री ली ख छ्याङले सो बैठकको अध्यक्षता गर्नुभयो। नयाँ कोरोना भाइरसको रोकथाम र नियन्त्रण सम्बन्धी केन्द्रीय नेतृत्व समूहका उप प्रमुख वाङ हु निङ पनि यो बैठकमा सहभागी हुनुभयो।

सो बैठकले स्वदेश र विदेशमा महामारीको नयाँ समस्या अनुसार सही रोकथाम र नियन्त्रणमा ध्यान केन्द्रित गर्नुपर्ने निर्णय गरेको छ। साथै बैठकले रोकथाम र नियन्त्रणमा कमजोरीहरू फेला पारेर महामारी पुनफैलिने दरलाई दृढतापूर्वक रोक्नु पर्ने औंल्याएको छ। बैठकले रोकथाम र नियन्त्रणको सामान्यीकरणमा, उत्पादनको पुनःसुरु र आर्थिक सामाजिक व्यवस्था सामान्य अवस्थामा फर्किएयो औँल्याएको छ।

मे दिवस आउँदै गरेकाले सर्वसाधारणहरु यात्रा र भ्रमणमा महामारीको रोकथाम र नियन्त्रणका लागि सबै ठाँउले राम्रो व्यवस्था गर्नुपर्ने कुरालाई बैठकले जोड दिएको छ। बैठकले सीमा बन्दरगाहमा महामारीको रोकथाम र नियन्त्रणलाई सुदृढ गर्न आवश्यक रहेको पनि उल्लेख गरेको छ।

जानकारी तथा लेखहरु