फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"६ स्थिर काम राम्रोसँग गर्नुपर्ने" र"६ संरक्षण कार्यलाई व्यवहारमा उतार्नुपर्ने"

(GMT+08:00) 2020-04-24 09:39:04

हालै चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पल्लो शान सी प्रान्तको निरीक्षण गर्ने क्रममा "६ स्थिर काम राम्रोसँग गर्नुपर्ने","६ संरक्षण कार्यलाई व्यवहारमा उतार्नुपर्ने", कोरोना भाइरस महामारीबाट ल्याइएको नकारात्मक प्रभावलाई घटाउन प्रयास गर्नुपर्ने, गरिबी निवारणको लक्ष्य पूरा गर्नुपर्ने र सम्पन्न समाजको चौतर्फी रुपमा निर्माण गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।

"६ संरक्षण कार्यलाई व्यवहारमा उतार्नुपर्ने"भनेको नागरिकहरुको रोजगारीको संरक्षण गर्नुपर्ने, आधारभूत नागरिक जावनयापन स्तरको संरक्षण गर्नुपर्ने, बजारको मुख्य भागको संरक्षण गर्नुपर्ने, अन्नपात तथा ऊर्जा स्रोतको सुरक्षाको संरक्षण गर्नुपर्ने, उत्पादन श्रृंखलाको आपूर्ति दिने श्रृंखलाको स्थिरताको संरक्षण गर्नुपर्ने र आधारभूत निकायको संचालनको संरक्षण गर्नुपर्ने हो। यसै गरी"६ स्थिर काम राम्रोसँग गर्नुपर्ने"भनेको रोजगारीलाई स्थिर पार्नुपर्ने, बैंकिंग बजारलाई स्थिर पार्नुपर्ने, वैदेशिक व्यापारलाई स्थिर पार्नुपर्ने, वैदेशिक लगानीलाई स्थिर पार्नुपर्ने, लगानीलाई स्थिर पार्नुपर्ने, र अनुमानित परिणामलाई स्थिर पार्नुपर्ने हो।

"६ संरक्षण कार्यलाई व्यवहारमा उतार्नुपर्ने"समष्टिगत परिस्थिति हो भने "६ संरक्षण कार्यलाई व्यवहारमा उतार्नुपर्ने"त्यसको न्युनतम मापदण्ड हो।

जानकारी तथा लेखहरु