फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सीको पल्लो शानसीको भ्रमणबाट चीनद्वारा निर्धारित समयमा गरिबी निवारणको लक्ष्यलाई पूरा गरिने विश्वास देखाइएको

(GMT+08:00) 2020-04-24 09:59:51

योजना अनुसार, यस वर्ष चीनले विपन्नतालाई निर्मूल पारेर सम्पन्न समाजको निर्माण गर्ने लक्ष्यलाई पूरा गर्ने छ। आकस्मिक रूपमा देखिएको कोभिड १९ले यस लक्ष्य पूरा गर्ने बाटोमा केही अवरोध खडा गरेको थियो। के लक्ष्य पूरा गर्न करिब दुई सय दिन बाँकी रहँदा चीनले निर्धारित समयमा उद्देश्यलाई साकार तुल्याउन सकिने छ?

अप्रिल २० तारिखदेखि २३ तारिखसम्म चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पल्लो शानसी प्रान्तको निरीक्षणमा व्यवसायबाट गरिबी निवारण, रोजगारीबाट गरिबी निवारण, स्वास्थ्यबाट गरिबी निवारण, शिक्षाबाट गरिबी निवारण आदि ठोस गरिबी निवारण कदमका दिशा र उपायबारे निर्देशन दिनुभएको छ। यसबाट चीनले निर्धारित समयमा गरिबी निवारणको लक्ष्यलाई पूरा गर्ने स्पष्ट संकेत दिनुका साथै चिनियाँ कम्युनिष्ट पार्टीले जनता केन्द्रित सत्तारुढ सिद्धान्त पनि देखाएको छ।

कोभिड १९बाट विपन्न श्रमिक रोजगारीलाई पनि ठूलो प्रभावित पारेको छ। पल्लो शानसीको निरीक्षण भ्रमणको तीन दिनअघि राष्ट्राध्यक्ष सीले अध्यक्षता गर्नुभएको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति राजनैतिक व्यूरोको सम्मेलनमा नागरिकहरुको रोजगारीको संरक्षण गर्नुपर्ने, आधारभूत नागरिक जावनयापन स्तरको संरक्षण गर्नुपर्नेसम्बन्धी कदम प्रस्तुत गरिएको छ। पल्लो शान सीको भ्रमणमा राष्ट्राध्यक्ष सीले आगामी गरिबी निवारण कार्यमा ठोस बन्दोबस्त गर्नुभएको छ।

यस वर्ष चीनले निर्धारित समयमा पूर्ण रूपमा गरिबी निवारणको लक्ष्यलाई पूरा गर्ने छ साथै दश वर्ष अगाडि नै संयुक्त राष्ट्र संघ २०३० दिगो विकास कार्यसूचीको विपन्नता घटाउने लक्ष्यलाई पनि पूरा गर्ने छ। अमेरिकी कुह्न कोषका अध्यक्ष रोबर्ट लरेन्स कुह्नले भविश्यका इतिहासकारहरूले चीनको गरिबी निवारण गतिविधिलाई विश्व इतिहासमा मानव जातिको जीवनलाई सुधार गरेको सबैभन्दा ठूलो योगदान भएको मूल्याङकन गर्ने पनि बताउनुभएको छ।

जानकारी तथा लेखहरु