फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीद्वारा पर्यावरणीय संरक्षण र गरिबी निवारणलाई प्राथमिकता

(GMT+08:00) 2020-04-24 19:10:32
चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं महाधिवेशनदेखि महासचिव हुनु भएका सी चिन फिङको घरेलु अनुसन्धानमा पर्यावरणीय सभ्यताको निर्माण एक महत्वपूर्ण विषय भएको छ। पर्यावरणीय सभ्यताको निर्माण महासचिव सीले व्यक्तिगत प्रस्ताव र वकालत गर्नुभएको विषय थियो।

चीनमा एक महत्त्वपूर्ण हरित परिस्थिति बाधाको रूपमा, छिंगलिंग चीनको उत्तर र दक्षिण बीचको भौगोलिक सीमा हो। यस पटक सी चिन फिङले पल्लो शानसी प्रान्तको निरीक्षण गर्दा छिंगलिंगको पर्यावरणीय संरक्षण र पुनःस्थापना कार्यलाई ऐतिहासिक जिम्मेवारीको उच्च भावनाका साथ महत्त्वपूर्ण स्थानमा राख्न सबै तहका अधिकारीहरूलाई निर्देशन दिनुभयो।

चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनदेखि चीनको आधुनिकीकरण निर्माणको रूपरेखामा आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक र पर्यावरणीय सभ्यता "एकमा पाँच" भएको छ। विशेष गरी चीनले उच्चस्तरीय विकासको नयाँ चरणमा प्रवेश गर्ने क्रममा उच्च आर्थिक विकासको लागि पर्यावरणीय वातावरणलाई बलिदान गर्न सक्दैन, पर्यावरणीय संरक्षण गर्न र गरिबी निवारण हासिल गर्न यो चिनियाँ सत्तारूढ पार्टी, सबै तहका सरकारहरू र सम्पूर्ण समाजको जिम्मेवारी हो।

सी चिन फिङको पल्लो शानसी प्रान्तको भ्रमणले चीनको निरन्तर पर्यावरणीय संरक्षण र गरिबी निवारण कार्यलाई थप प्रगति गराएको छ।

जानकारी तथा लेखहरु