फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राजनीतिज्ञले चीनविरुद्धको क्षतिपूर्ति नाटक मात्र

(GMT+08:00) 2020-04-25 18:42:52

अमेरिकामा घरेलु महामारीको अवस्था चर्किएर गम्भिर भएपछि अमेरिकी केही व्यक्तिहरूले चीन विरुद्ध "क्षतिपूर्तिको मुद्दा हाल्ने" कुरा गर्न थालेका छन्। यी दुर्भावहरूका कुनै कानुनी र वास्तविक आधार छैन। चोरले चोरपक्रनुपर्छ भनेर चिच्याएजस्तो उनीहरुको नाटक मात्र हो।

महामारी शुरू भएदेखि अमेरिकी केही राजनीतिज्ञहरूले दिनदिनै राजनीतिक चासोबारे सोच्दै आएका थिए तर आफ्नो मुलुकका जनताका जीवनरक्षालाई उनीहरुले कहिल्यै प्राथमिकतामा राखेनन्। अमेरिकामा ती बेइमान र अनैतिक राजनीतिज्ञहरूले प्रतिपक्षी बनेर अमेरिकी जनता र अन्तर्राष्ट्रिय समुदायको मुद्दालाई स्वीकार्नुपर्छ।

अमेरिकी केही राजनीतिज्ञहरुको दुर्भावमा कुनै कानुनी आधार छैन। कूटनीतिक सार्वभौमिक उन्मुक्तिको सिद्धान्त अनुसार देश, राज्य र देशको सम्पत्ति अर्को देशको अदालतको क्षेत्राधिकार र कार्यान्वयनको अधीनमा हुँदैन।

खराब विचारमा कुनै वास्तविक आधार छैन। अमेरिकी मिसौरी राज्यका मुख्य न्यायाधिवक्ता इरिक स्मिटले उक्त अभियोग पत्रमा दुई अव्यावहारिक कारण राखेका छन्। एउटाले चीनमा घरेलु महामारीको तथ्यांकमा गलत आरोप लगाउनु र अर्को चिनियाँ सरकारलाई मास्क र अन्य व्यक्तिगत सुरक्षा उपकरणको बृहत आरोप लगाउनु। त्यस्ता आवाजले तथ्यहरूको परीक्षण गर्न सक्दैन।

केही अमेरिकी राजनीतिज्ञहरूका दुर्व्यवहारले अन्तर्राष्ट्रिय न्यायको उल्लंघन गरेको छ। महामारीको सामना गर्दा सबै मानवजाति पीडित बनेका छन्।

जानकारी तथा लेखहरु