फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीद्बारा "चीनको पश्चिमी क्षेत्र हेर्ने" भावनाको सर्वत्र प्रशंसा

(GMT+08:00) 2020-04-25 18:43:28
हामीले पुरानो विद्वानहरूको पश्चिमतर्फ लैजाने भावनालाई बुझ्नुपर्छ। प्रमुख ऐतिहासिक प्रगति केही ठूला प्रकोप पछि भएका छन्। यस प्रकारले हाम्रो राष्ट्र कठिनाइमा बढेको छ। केही दिन अघि चीनका सर्वोच्च नेता सी चिन फिङले चीनको पल्लो शान्सी प्रान्तको सीआन यातायात विश्वविद्यालयको निरीक्षण गर्दा व्यक्त गर्नु भएको विचार हो यो।

गत शताब्दीको ५० को दशकमा, नयाँ चीनमा ठूला औद्योगिक निर्माण आवश्यकताहरू पूर्ति गर्न र पश्चिमी क्षेत्रको आर्थिक र सामाजिक विकासलाई समर्थन गर्नका लागि चीनका शीर्ष निर्णयकर्ताहरूले यातायात विश्वविद्यालयलाई समृद्ध शाङहाइबाट कठिन सीआनमा सार्ने निर्णय गरेका थिए। केही वर्षदेखि चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सीको "चीनको पश्चिमी क्षेत्रमा ध्यान दिने" सम्बन्धित भावनालाई धेरैले प्रशंसा गरेका छन्।

चीनका लागि सन् २०२० असाधारण वर्ष हो। परियोजनाका अनुसार, चीनले निरपेक्ष गरीबी उन्मुलन गर्ने कार्यलाई यो पूरा गर्दैछ र एक सम्पन्न समाजको लक्ष्य हासिल गर्नेछ। यद्यपि, अचानक नयाँ कोरोना भाइरस महामारीले चीनको आर्थिक र सामाजिक विकासका लागि गम्भीर चुनौती थपेको छ।

चिनियाँ समाजको गहिरो अवलोकन गर्नेहरूले फेला पार्नेछन् कि महामारीको बिरूद्ध लडने र गरीबी उन्मूलन गर्ने दुई रणभूमिमा "चीनको पश्चिमी क्षेत्र हेर्ने" भावनालाई नयाँ युगको अर्थ दिइएको छ र यसलाई चिनियाँ चिकित्साकर्मी, विश्वविद्यालयबाट स्नातकहरुले सामान्य रूपमा परिणत गरेका छन्। जनताको छनौट र कार्यबाट चीनले निरन्तर चुनौतिहरु पार गर्दै जीत हासिल गर्न र आफ्नो लक्ष्य हासिल गर्न मजबूत समर्थन प्राप्त गरेको छ।

वर्तमान समयमा महामारीको स्थिति अझै पनि संसारभरि फैलिइरहेको छ। आर्थिक र सामाजिक विकासमा यसको प्रभाव झन् झन् स्पष्ट हुँदै गइरहेको छ। यस्तो परिस्थितिमा सीको शानसीमा अनुसन्धानले "चीनको पश्चिमी क्षेत्र हेर्ने" सम्बन्धित भावनालाई पुन:अवलोकन गर्दै महत्त्वपूर्ण व्यावहारिक र ऐतिहासिक अर्थ बोकेको छ।

जानकारी तथा लेखहरु