फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी पत्रकार र राजनीतिज्ञहरूद्बारा संयुक्त रुपमा षडयन्त्र सिद्धान्त प्रतिपादन

(GMT+08:00) 2020-04-25 18:43:55

एकजना अमेरिकी स्वतन्त्र समाचार वेबसाइट "ग्रेजोन" ले हालसालै एउटा "ट्रम्पले फैलाएको नयाँ कोरोना भाइरसको उत्पत्ति चिनियाँ प्रयोगशालाको षड्यन्त्र सिद्धान्तबाट कसरी बन्यो" शीर्षकमा लेख प्रकाशित गरेको छ। यस लेखले पत्रकारहरूले अमेरिकी सरकारलाई षडयन्त्र सिद्धान्तलाई सुदृढ पार्न कसरी सहयोग गरेका छन् भन्ने कुरा प्रष्ट पारेको छ।

जनवरीको अन्तदेखि, "नयाँ कोरोना भाइरस वुहान भाइरस इन्स्टिच्युटको षड्यन्त्र सिद्धान्त" अमेरिकी मिडियामा छिटपुट देखा पर्‍यो जुन "वाशिङ्गटन टाइम्स" द्वारा सुरुमा जारी गरिएको थियो। हालैको सम्बन्धित लेख "वाशिंगटन पोष्ट" द्वारा प्रकाशित गरिएको लेखले उल्लेख गरेको छ।

"ग्रेजोन"को लेखमा जब अमेरिकामा नयाँ कोरोना भाइरस ४० हजार भन्दा बढी जनताको मृत्यु भयो राष्ट्रपति ट्रम्पका सहयोगीहरूले उनीहरूको चीन विरोधी जनमत युद्धलाई नयाँ उचाइमा पुर्‍याइरहेका छन्। अज्ञात अमेरिकी अधिकारीहरू वा धेरै शंकास्पद कागजातहरूको सहयोगमा उनीहरूले षडयन्त्र सिद्धान्तलाई सुदृढ पार्ने प्रयास गरिरहेका छन् र चिनियाँ जैविक अनुसन्धान प्रयोगशालालाई कृत्रिम रूपमा नयाँ कोरोना भाइरस डिजाइन गरेको आरोप लगाएका छन्। महामारीबाट उत्पन्न घरेलु प्रतिक्रियालाई ढाकछोप गर्न ह्वाइट हाउसले अन्य देशहरूसँगको द्वन्द्व बढाउने आशा गरेको देखिन्छ।

जानकारी तथा लेखहरु