फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी रिपब्लिकन पार्टीको चुनावी मुद्दा"चीनमाथि जिम्मेवारी थोपर्नु"

(GMT+08:00) 2020-04-26 18:28:59

"चीनमाथि जिम्मेवारी थोपर्नु"नै अमेरिकी सरकारद्वारा महामारीको रोकथाम तथा नियन्त्रणका नीतिहरमध्ये एक बनेको छ। अमेरिकाको राजनीतिक समाचार वेभसाइट "पोलिटिको"ले यही अप्रिल २४ तारिख जनाएअनुसार उक्त नीतिलाई रिपब्लिकन पार्टीका अझ बढी सदस्यलाई प्रशिक्षण दिनका लागि सो पार्टीका महत्वपूर्ण निर्वाचन विभागले ५७ पृष्ठको स्मृतिपत्र सार्वजनिक गरेको छ। सो स्मृतिपत्रले चीनलाई सक्रिय आक्रमण गर्दै नयाँ कोरोना भाइरसबाट उठाइएको जनमतको सामना गर्ने सुझाव उल्लेख छ। अमेरिकामा फैलिएको महामारी अवस्थालाई डोनाल्ड ट्रम्पको त्रुटी नभई सो विषयलाई चीनमाथि थोपरेर पन्छिने सुझाव पनि छ।

ध्यानाकर्षित विषय भनेको यी नीतिहरु महामारी अवधिमा मा प्रयोग गरिने होइन कि रिपब्लिकन पार्टीले चीनलाई सन् २०२० मा हुने राष्ट्रपतिको निर्वाचनमा मुख्य विषय बनाएको कुरा स्पष्ट जनाएको छ।

जानकारी तथा लेखहरु