फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोभिड महामारीमा पनि"बेल्ट एण्ड रोड" सहयोगमा गहन वृद्धि

(GMT+08:00) 2020-04-26 18:29:33

एक वर्षअघि आजकै दिन अप्रिल २६ तारिख दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनको उद्घाटन समारोहमा राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गर्दै बेल्ट ए‍ण्ड रोडको उच्च गुणस्तरीय विकासको नयाँ चरण सिर्जना गर्ने बताउनुभएको थियो। एक वर्षयता बेल्ट एण्ड रोडको निर्माणले सधैं नै साझा विकास नारालाई समष्टिगत दिशा कायम राख्दै जनतालाई लाभ दिने धेरैजसो योजनाहरु विश्वमा लगातार जन्माएको छ। धेरै मुलुकका व्यक्तिहरुले चीनसँग बेल्ट एण्ड रोडको उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्ने इच्छा राखेका छन्।

वर्तमान विश्वका सामु कोभिड-१९ फैलिँदै गएको गम्भीर अवस्थामा पनि बेल्ट एण्ड रोड सम्बद्ध चौतारोमा विभिन्न मुलुकहरुले आपसीमा सहायता प्रदान गरेका छन्। चीनको भन्सार मुख्यालयको तथ्याङ्कअनुसार यस वर्षको पहिलो त्रैमासिम अवधिमा बेल्ट एण्ड रोड सम्बद्ध मुलुकसँग चीनको व्यापार २० खर्ब ७० अर्ब चिनियाँ युआन बराबर छ भने गत वर्षको सोही अवधिको तुलनामा ३.२ प्रतिशतले बढेको छ। आशियान युरोपलाई उछिनेर चीनको पहिलो ठूलो व्यापारिक साझेदार बनेको छ। यसप्रति सिंगापुरको द साउथ सिस सोसाइटी संस्थाका उपाध्यक्ष शु जेन यीले चीनद्वारा दीर्घकालीन रुपमा पूर्वी दक्षिण एशियाका विभिन्न मुलुकसँगको सहयोगलाई विकास गर्दै आएको उपलब्धि रहेको विचार गर्नुभएको छ। उहाँका अनुसार चीनले यस क्षेत्रको आर्थिक क्षेत्रमा सिर्जना गरेको सहभागिता ठूलो परिमाणले बढेको छ।

इजिप्ट राष्ट्रिय योजना प्रतिष्ठानको बेल्ट एण्ड रोड अनुसन्धान टोलीका हेबा गामालका अनुसार नयाँ कोरोना भाइरसले चीनको अर्थतन्त्र र विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पारेता पनि चीनको अर्थतन्त्र महामारी भएपछि द्रृत गतिले पुनःरुत्थान हुने र विश्वको अर्थतन्त्रका लागि महत्वपूर्ण प्रवर्द्धन भूमिका सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।

"ब्रिक्सका पिता"उपनाम पाएका बेलायती शाही अन्तर्राष्ट्रिय समस्या अध्ययन संस्थानका अध्यक्ष लर्ड जिम ओ नेलका अनुसार विश्वव्यापी कोभिड-१९ महामारी संकटपछि चीनको बेल्ट एण्ड रोड सम्बन्धी सुझावले विश्वको अर्थतन्त्रको पुनःरुत्थान तथा विकासलाई नेतृत्व गर्नेछ।

जानकारी तथा लेखहरु