फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जनतालाई केन्द्रमा राखेर काम गर्दा चीनलाई महत्वपूर्ण उपलब्धि

(GMT+08:00) 2020-04-26 18:30:06
नयाँ कोरोनाबाट एकै दिनमा १३ हजार भन्दा बढी नयाँ संक्रमित भएको अवस्थादेखि गम्भीर बिरामीहरुलाई चीनले सफल रुपमा उपचार गरेको छ। कोरोना विरुद्धको युद्धमा वुहानले प्राप्त गरेको सफलताको महत्वपूर्ण अर्थ छ। कडा परिश्रमपछि चिनियाँ जनताले नयाँ कोरोना भाइरस महामारीको रोकथाम र नियन्त्रणमा ठूलो विजय हासिल गरेका छन्। यो नतिजा सजिलै प्राप्त भएको होइन।

यो महामारी नयाँ चीन स्थापनापछिको सबभन्दा छिटो, ठूलो क्षेत्र र सबैभन्दा कठिन रुपमा फैलिएको महामारी थियो। यसको रोकथाम र नियन्त्रण सबैभन्दा जटिल थियो। अन्तर्राष्ट्रिय समुदायका धेरै व्यक्तिहरूले अनुसन्धान गरिरहेका छन् कि चीनले छोटो समयमा यस्तो ठूलो सार्वजनिक स्वास्थ्य आपतकालमा कसरी सफलता प्राप्त गर्‍यो? उत्तर सरल छ: सबै कुरा जनताका लागि गरिन्छ र सबै कुरा जनतामा निर्भर छ।

चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो पार्टीको विधानमा जनतालाई सेवा गर्ने निर्देशन छ। संसारमा यस्ता पार्टीहरू थोरै छन्। महामारीपछि चीनका शीर्ष नेता सी चिन फिङले जनताको जीवन र स्वास्थ्य सुरक्षालाई प्राथमिकता राख्न सधैं जोड दिनुभयो। यस अवधारणाको मार्गदर्शनमा चीनले चाँडै नै देशभरि कार्यहरू गरिसकेको र महामारीको फैलावट रोक्नका लागि उत्तम प्रयासहरू गरेको छ।

हालै चीन महामारीको गम्भिर स्थितिबाट निस्किरहेको छ। आर्थिक र सामाजिक विकास फेरि सुरु भएको छ भने चालु वर्ष सम्पन्न समाज निर्माणको विकासको लक्ष्य हासिल गर्न विश्वस्त र सक्षम छ।

जानकारी तथा लेखहरु