फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशियाली मुलुकद्वारा महामारी सामनामा थप उपायहरू प्रस्तुत

(GMT+08:00) 2020-04-26 18:30:39

एशियाका धेरै देशहरूले नयाँ कोरोना भाइरस महामारीको सामना गर्न थप उपायहरू प्रस्तुत गरेका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार अप्रिल २५ तारिख दिउँसो पाँच बजेसम्ममा भारतमा नयाँ कोरोना भाइरसको पुष्टि भएकाहरुको संख्या २४ हजार ९ सय ४२ पुगेको छ। भारत अझै पनि वन्दावन्दीको स्थितिमा छ। बन्दाबन्दीले महामारीको फैलावटलाई सुस्त बनाएको छ। भारतले परीक्षण र उपचार क्षमतामा बृद्धि गरेको छ। भारत सरकारका अनुसार, अप्रिल २२ सम्ममा ५ लाख भन्दा बढीको परीक्षण गरिएको छ।

सिंगापुरमा नयाँ कोरोना भाइरस पुष्टि भएकाहरूको संख्या १२ हजार भन्दा बढी छ। सिंगापुरका वाणिज्य तथा उद्योग मन्त्री छान छुन सिङले अप्रिल २४ मा सिंगापुरले लगभग एक महिनामा अर्थव्यवस्थालाई "बिस्तारै खोल्ने" योजना बनाएको छ। उहाँले यसले "सम्पूर्ण जनसंख्यालाई ठूलो परिमाणमा परीक्षण गर्ने र आइसोलेसनमा राख्ने थप उपायहरू लिने बताउनुभभयो।

दक्षिण कोरियाली सरकारले अप्रिल २४ तारिखमा महामारी रोकथामका लागि मार्गनिर्देशनहरूको मस्यौदा प्रस्तुत गर्दै यात्रा, काम, भोजन र किनमेल सम्बन्धी नियमहरू बनाएको छ।

जानकारी तथा लेखहरु