फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा हवाई उडान जेठ २ गतेसम्म प्रतिबन्ध

(GMT+08:00) 2020-04-26 18:32:16
नेपालमा अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान आउँदो जेठ २ गतेसम्म नहुने भएका छन्। कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा वाह्य हवाई उडानलाई मे १५ अर्थात आगामी जेठ २ गतेसम्म स्थगित राख्ने निर्णय गरेको छ। कोरोना नियन्त्रणका लागि संसारका अन्य मुलुकले जस्तै नेपालले पनि यससँगै तेस्रोपटक हवाई उडान रोक्ने निर्णय भएको कारोबार अनलाइनले लेखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा आज बसेको सो बैठकले उक्त निर्णय गरेको सरकारका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिनुभयो। कोभिड–१९ बाट उत्पन्न परिस्थितिका कारण यसअघि सरकारले यही वैशाख १८ गते (अप्रिल ३०) सम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडाउन स्थगित गर्ने निर्णय गरेको थियो। कोभिड–१९ को जोखिमका कारण घोषणा गरिएको लकडाउनका समयमा हालसम्म भएगरेका कामको समीक्षा गर्दै बैठकले लकडाउन सही 'ट्रयाक'मा रहेको निष्कर्ष निकालेको छ। छिमेकी मुलुकमा भइरहेको सङ्क्रमणको अवस्था र अन्तर्रा्ष्ट्रिय परिस्थितिलाई विचार गरेर मात्र लकडाउनसम्बन्धी चालिने कदमबारे निर्णयमा पुग्न उचित हुने समितिको ठहर छ। कोभिड–१९ को जोखिमपछि सरकारले घोषणा गरेको लकडाउन भएको शनिबार एक महिना दुई दिन भएको छ।

बैठकमा हालसम्मका लकडाउनको प्रभावकारिता, कार्यान्वयन र सफलताका विभिन्न पाटा पक्षबाट समीक्षा गर्दै यस कार्यमा महत्वपूर्ण योगदान पु-याउने चिकित्सक, नर्स, सुरक्षाकर्मीलगायत सबै सरोकारवाला निकाय र अधिकारीलाई समितिले धन्यवाद ज्ञापन गरेको छ।

सरकारको निर्देशन कार्यान्वयन गर्दै हवाई सेवाको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत ९ गते आइतबार (राति १२) देखि १० दिन सम्मका लागि नेपाल प्रवेश गर्न सबै व्यावसायिक अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा रोक लगाएको थियो। आन्तरिक उडानमा भने सरकरले चैत–११ देखि १८ गते सम्म रोक लगाएको थियो। पछि समय थप गदैं आन्तरिक उडानमा पनि वैशाख–१८ सम्म प्रतिबन्ध लगाएको थियो। प्राधिकरणको अनुमति पाएका यात्रु उडान, उद्धार, फाइटर फ्लाईट र आकस्मिक उडानमा भने रोक लगाएको छैन।

लकडाउनपछि चैत १४ गतेदेखि वैशाख–१२ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३२ वटा अन्तर्राष्ट्रिय उद्धार, कार्गो तथा चार्टर उडान भएका छन्। लकडाउनपछि नेपालमा रहेका विदेशी नागरिक उडानको लागि सम्बन्धित देशले काठमाडौंमा चार्टर उडान गरेका थिए भने नेपाल सरकारले मेडिकल समाग्री ल्याउनको लागि कार्गो उडान गरेको थियो। लकडानपछि हालसम्म साढे ४५ सय को हाराहारीमा विदेशी नागरिकको काठमाडौंबाट उद्धार भएर स्वदेश फिर्ता भएका छन्। विमानस्थल कार्यालयका अनुसार उद्धारका–२४, चार्टर–४ र मेडिकल फ्लाइट–४ उडान भएको जनाएको छ।

जानकारी तथा लेखहरु