फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हजारौं संगठन तथा व्यक्तिद्वारा डब्लुएचओका लागि आर्थिक सहायतालाई रोक्ने निर्णय रद्द गर्न ट्रम्पसँग ताकिता

(GMT+08:00) 2020-04-27 17:19:48

विश्वव्यापी रूपमा परोपकार, चिकित्सा तथा विद्वान् लगायत हजारौं संगठन र व्यक्तिहरूले संयुक्त रूपमा ह्वाइटहाउसलाई चिठ्ठी पठाएर ट्रम्प सरकारसँग विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई निरन्तर रूपमा आर्थिक सहायता दिन ताकिता गरेका छन्। सोही महिनाको १४ तारिख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओका लागि आर्थिक सहायता रोक्ने घोषणा गर्नुभएको थियो। यो कदम विभिन्न पक्षबाट आलोचित भएको छ।

पत्र अनुसार, वर्तमानको जटिल सार्वजनिक स्वास्थ्य संकटमा विश्व स्वास्थ्य संगठन अर्थात् डब्लुएचओको भूमिका ज्यादै महत्वपूर्ण रहेको छ। डब्लुएचओविहीन अवस्थामा अमेरिकालगायत कुनै देशले स्वतन्त्र रूपमा भाइरस हटाउन सक्दैनन्। सो अवसरमा डब्लुएचओका लागि आर्थिक सहायतालाई रोक्नु आगजनीका बेला अग्निनियन्त्रकका लागि पानी रोक्नुजस्तै हो।

आधिकारिक स्वास्थ्य पत्रिका "द लान्सेन्ट"का मुख्य सम्पदक रिचार्ड होर्टोनले २५ तारिख "डब्लुएचओबारे किन ट्रम्पको भनाइ गलत" शीर्षकको लेख प्रकाशित गर्नुभएको छ। उहाँका अनुसार, डब्लुएचओबारे ट्रम्पको आलोचना तथा निन्दा निराधार रहेको छ।

कोभिड-१९सम्बन्धी खोप तथा उपचार उपकरणको अनुसन्धान, उत्पादन तथा निष्पक्ष वितरणलाई तीव्र पार्नका लागि २४ तारिख डब्लुएचओका महाप्रबन्धक टेड्रोस अढानोम घेब्रेयेसुसले अन्तर्राष्ट्रिय सहयोग सुरू गर्ने प्रस्ताव गर्नुभएको छ। विभिन्न देशका नेतागण र संयुक्त राष्ट्रसंघले संयुक्त रूपमा उक्त प्रस्ताव सुरू गरेका छन्। तर अमेरिकाले उक्त प्रस्तावमा भाग लिएको छैन।

जानकारी तथा लेखहरु