![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
कोरोना भाइरसलाई संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसद्वारा
"दोस्रो विश्व युद्धयताको सबैभन्दा ठूलो चुनौतीको विश्वव्यापी संकटकालीन् घटना" भनिएको छ। चीनले सर्वप्रथम महामारीको त्रास-धम्की पार गरेको छ र हुपैको वुहान संरक्षण लडाइँमा निर्णायक विजय हासिल गरेको छ।
धेरै विद्वानहरू र पर्यवेक्षकहरूले भने झैं चिनियाँ कम्युनिष्ट पार्टीको सशक्त नेतृत्व नै चीनले महामारीलाई पराजित गर्ने सबैभन्दा महत्वपूर्ण कारण हो। यसबाट चिनियाँ कम्युनिष्ट पार्टीको एकीकृत नेतृत्व पालना गर्नु चीनको राष्ट्रिय व्यवस्था र राष्ट्रिय शासन प्रणालीका सबैभन्दा स्पष्ट श्रेष्ठताहरूमध्येको एक हो भन्ने कुरा प्रतिविम्वित भएको छ।
गत जनवरी ७ तारिख कोरोना भाइरस महामारी फैलिएको प्रारम्भिक चरणमा चीनका सर्वोच्च नेता सी चिन फिङले सर्वोच्च निर्णय स्तरीय सम्मेलनमा महामारीको रोकथाम तथा नियन्त्रण कार्यबारे स्पष्ट आग्रह गर्नुभएको थियो। गत जनवरी २८ तारिख चीनको भ्रमण गर्नुभएका विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस अढानोम घेब्रेयेसुससँग भेटघाट गर्दै सी चिनफिङले जनताको जीवन सुरक्षा र शारिरीक स्वास्थ्य सधैं नै पहिलो स्थानमा रहिरहने कुरामा जोड दिनुभयो।
महामारीको रोकथाम तथा नियन्त्रणका क्रममा सी चिन फिङले पैचिङ, वुहान,
च च्याङ, पल्लो शान सीको निरीक्षण गर्नुभएको थियो। यसबाट चीनले महामारीलाई पराजित गर्ने क्षमता रहेको स्पष्ट संकेत प्रसारण गरिएको छ। संकटअगाडि चीनको सत्तारुढ पार्टी र चीन सरकारले कारवाहीमार्फत उनीहरू चिनियाँ जनताको संरक्षण गर्ने सबैभन्दा सुदृढ पक्ष हुन् भन्ने पुष्टि गरेका छन्।
आकस्मिक महामारीअगाडि सबै मुलुकका सामु चिकित्सक अभाव, अस्पतालमा शैय्या अभाव, चिकित्सा सामग्रीको अभावआदि चुनौती देखापरेको छ। सशक्त सामाजिक परिचालन क्षमतामा निर्भर रही चीनले छोटो समयमा उक्त कठिनाइको समाधान गरेको छ र महामारी फैलिनबाट रोकेको छ।
महामारीको रोकथाम तथा नियन्त्रण परिस्थिति राम्रो बन्दै जानुका साथै चीनले सामाजिक तथा आर्थिक स्थिति पुनः शुरु गर्ने गति प्रदान गरेको छ। चीन महामारीबाट स्थिरताका साथ उम्किएको र सामाजिक तथा आर्थिक पुनरुत्थानको गति दिएर अन्तर्राष्ट्रिय समाजलाई विश्वास दिलाएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |