फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राजनीतिक भाइरस प्रसारण गर्ने अमेरिकी विदेशमन्त्री पोम्पेओ

(GMT+08:00) 2020-04-27 18:49:39

हाल अमेरिकी राजनीतिक समाचार वेबसाइट पोलिटिकोले अमेरिकी विदेशमन्त्री पोम्पेओबारे यस्तो आलोचना गरेको छ- "पोम्पेओले कुनै नेतृत्व नदेखेको मात्र नभई महामारीको प्रयोग गरी विपक्षी, विशेष गरी चीन र इरानमाथि प्रहार गर्नुभएको छ। जसले महामारीको विरूद्धमा अन्तर्राष्ट्रिय सहकार्यलाई कम पारेको छ। तर सहकार्य हालको सबैभन्दा जरूरी कार्य हो।"

त्यसका साथै "वाशिन्टन पोस्ट"ले लेखमा पोम्पेओलाई इतिहासमा सबैभन्दा नराम्रो विदेशमन्त्री भएको भन्दै आलोचना गरेको छ। ब्रूकिन्स इस्टिट्युशनका विद्वान टोम ह्राइटले "अधिकाँश समयमा उहाँ अनुपस्थित हुनुका साथै उहाँको गतिविधि सहयोगी छैन" भन्ने कुरा व्यक्त गर्नुभएको छ।

किन? किनकि महामारी फैलिएपछि विदेशमन्त्री पोम्पेओले महामारीको रोकथाम तथा नियन्त्रणमा कुनै काम नगर्नुका साथै चीनमाथि हिलो छ्याप्ने अनेकौं प्रयास गर्नुभयो। अमेरिकाले डब्लुएचओका लागि आर्थिक सहायतालाई कहिल्यै पुनर्स्थापना नगर्ने कुरा उहाँले बताउनुभयो। साथै अमेरिकाले महामारी विरूद्ध प्रक्रियाको निरन्तर नेतृत्व गर्ने कुरा उहाँले व्यक्त गर्नुभयो। उहाँका अनुसार, अमेरिकाले २७ करोड डलर सहायता पूँजी थप्नेछ। तर प्यालेष्टाइन र चीनले अमेरिकाको कुनै सहायता नदेखेको कुरा प्रकट गरेका छन्।

पोम्पेओका यी गतिविधिबाट हेर्दा उहाँको आँखामा महामारी दुःखद घटना नहुनुका साथै अमेरिकी सर्वसाधारणको जन-धनको क्षति पनि केही हैन। व्यक्तिगत राजनीतिक लाभ र भू-राजनीति मात्र उहाँले ध्यान दिएको कार्य हो।

जानकारी तथा लेखहरु