फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी रिपब्लिकन पार्टीको "लिपि" अमेरिकी शैलीको हास्य नाटकजस्तै

(GMT+08:00) 2020-04-27 18:51:37

"भाइरसबारे सोध्ने बित्तिकै चीनको निन्दा गरिने छ।" हाल अमेरिकी राजनैतिक समाचार वेभसाइट पोलिटिकोले रिपब्लिकन पार्टीको सिनेट राष्ट्रिय परिषदले निर्वाचनको प्रतिस्पर्धी संस्थानलाई पठाएको घोषणा पत्र सार्वजनिक गरेको छ। विश्वलाई अमेरिकी शैलीको हास्य नाटक देखाइएको छ।

पोलिटिकोको लेखअनुसार, उक्त पत्र रिपब्लिकन पार्टीका वरिष्ठ रणनीतिज्ञद्वारा लेखिएको हो। चीनलाई बदनाम गर्ने तीन वटा मुख्य क्षेत्र यस प्रकार छन्। पहिलो, "चीनले वास्तविकता लुकाएका कारण भाइरस फैलिएकोमा बदनाम गर्नुपर्छ।" दोस्रो, डेमोक्रेटिक पार्टीका व्यक्तिलाई "चीनप्रति कमजोर मनोवृत्ति लिएकोमा" आलोचना गर्नुपर्छ। तेस्रो, रिपब्लिकन पार्टीका सदस्यले"चीनका कारण महामारी फैलिएको"बारे चीनमाथि नाकाबन्दी लगाउनुपर्छ।

चीनले महामारी प्रतिरोध गर्न गरेको कार्य कस्तो छ? चिनियाँ तथा विदेशी विशेषज्ञहरूको निरीक्षणले निष्पक्ष मूल्यांकन गरेका छन्। केही अमेरिकीले चीनलाई बदनाम गरेकोमा अमेरिकी सरकारले महामारीको प्रतिरोधमा देखाएको अकर्मण्यता ढाकछोप गर्न सकिँदैन।

जानकारी तथा लेखहरु