फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् २०२० चिनियाँ "दुई अधिवेशन"को समय निश्चित

(GMT+08:00) 2020-04-29 18:19:25

चीनका सर्वोच्च आधिकारिक संस्था--- राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशन आयोजना हुने समय सार्वजनिक गरिएको छ। चिनियाँ राष्ट्रिय जनकांग्रेस स्थायी समितिको बैठकले आज २९ तारिख तेह्रौं राष्ट्रिय जनकांग्रेसको तेस्रो अधिवेशन मे २२ तारिखदेखि पैचिङमा सुरू हुने निर्णय गरेको हो।

वर्तमान चीनमा कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रण कार्य निरन्तर रूपमा राम्रो दिशातिर विकसित भएका हुनाले आर्थिक तथा सामाजिक जीवन क्रमशः सामान्य हुँदै गएको छ। विविध अवस्थाको विचार गर्दै राष्ट्रिय जन कांग्रेसको अधिवेशनको आयोजना गर्ने शर्त पूरा भएको छ।

सोही दिन चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको अध्यक्ष बैठकले तेह्रौं चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको तेश्रो अधिवेशन मे २१ तारिखदेखि सुरू गर्ने सुझाव दिएको छ।

महामारीको प्रभावका कारण गत फेब्रुअरीमा वार्षिक दुईटा अधिवेशनलाई पछि सारिएको थियो।

जानकारी तथा लेखहरु