फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीअगाडि चिनियाँ उत्कृष्ट परम्परागत सँस्कृति प्रदर्शित

(GMT+08:00) 2020-04-29 18:50:10

"वुहानको सडकमा कोही पनि छैन र हरेक झ्यालपछाडि महामारीको सामना गर्न समर्थन गरिरहेका नागरिक छन्। चीनले सामूहिक कारवाहीको शक्ति र सहयोगी भावना देखाएको छ।" विश्व स्वास्थ्य संगठनका महाप्रबन्धकका वरिष्ठ सल्लाहकार ब्रुस एलिवार्डले गत फेब्रुअरी महिनाको अन्तिम दश दिनमा चीनको निरीक्षण समाप्त गरेपछि उक्त कुरा बताउनुभएको हो।

उक्त अन्तर्राष्ट्रिय स्वास्थ्य विशेषज्ञका आँखामा चीनले छोटो समयमा महामारीको रोकथाम तथा नियन्त्रणमा ठूलो विजय प्राप्त गर्नुका पछाडि चीनका सर्वोच्च नेता सी चिन फिङको नेतृत्व र यस पटकको लडाइँमा जनताको जीवनरक्षाला प्राथमिकता राख्ने सिद्धान्तबाट भएको हो। जनतालाई मूलस्थानमा राख्ने विचार चिनियाँ परम्परागत सँस्कृतिमा गहिरो रुपमा रहेको छ।

आकस्मिक रुपमा देखापरेको कोरोना भाइरस महामारीअगाडि जीवनको संरक्षण र उद्धार चीनको सत्तारुढ पार्टीले ध्यान दिएको सबैभन्दा महत्वपूर्ण कार्य हो। सी चिन फिङले धेरै पटकमा जनताको जीवन सुरक्षा र शारिरीक स्वास्थ्यलाई पहिलो स्थानमा राख्नुपर्ने कुरामा जोड दिनुभएको थियो।

उत्कृष्ट परम्परागत सँस्कृति एक देश र एक राष्ट्रले निरन्तरता र विकास गर्ने मूल विषय हो। एक अर्ब चालीस करोड चिनियाँले देश र राष्ट्रको विकासप्रति अझै दृढ विश्वास लिएका छन्।

जानकारी तथा लेखहरु