फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी विदेशमन्त्री पोम्पेओ विश्वलाई उत्तेजित गर्दै

(GMT+08:00) 2020-04-30 21:05:44

२९ तारिख अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले महामारीको रोकथाम तथा नियन्त्रणमा डब्लुएचओको कार्य "असफल" भएको भन्दै फेरि पनि आलोचना गर्नुभएको छ। उहाँले डब्लुएचओबारे पुनःविचार गर्ने धम्की पनि दिनुभएको छ। अमेरिकामा संक्रमित बिरामीको संख्या लाखभन्दा बढी भएको खतरा समयमा पनि उहाँले निरन्तर रूपमा अरूलाई दोष लगाएर पूरा विश्वको विपक्षमा उभिनुभएको थियो।

वास्तवमा विश्व सार्वजनिक स्वास्थ्य क्षेत्रमा सबैभन्दा महत्वपूर्ण बहुपक्षीय संस्थाको हैसियतमा डब्लुएचओले महामारी विरूद्ध अपूरणीय भूमिका खेलेर अन्तर्राष्ट्रिय जगतबाट व्यापक सकारात्मक मूल्यांकन हासिल गरेको छ।

पहिलो, डब्लुएचओले जनवरी ३ तारिख चीनबाट जानकारी पाएपछि दुई दिनमा मात्रै विश्वलाई अनपेक्षित निमोनियाको चेतावनी दिएको थियो। किन मार्च १३सम्म ह्वाइटहाउसले "राष्ट्रिय आपतकालीन अवस्थामा" प्रवेश गर्ने घोषणा गरेको छ?

दोस्रो, अमेरिकामा महामारी फैलिनुका साथै पोम्पेओले चीनसम्बन्धी डब्लुएचओको सक्रिय मूल्यांकनलाई धेरैपटक बंग्याएर चीनमाथि हिलो छ्याप्नुभएको छ।

तेस्रो, पोम्पेओले डब्लुएचओका लागि सहायता रोक्न लगाउनुका साथै सट्टा संस्थाको स्थापना गर्ने कुरा व्यक्त गर्नुभएको छ। वास्तवमा यो कूटनीतिक 'ब्ल्याकमेल' हो। जसले महामारी विरूद्ध विश्वको सहकार्यमाथि क्षति पुर्याएको छ।

जानकारी तथा लेखहरु