फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी केही राजनीतिज्ञले विश्व महामारी फैलिएकोप्रति जिम्मेवारी लिनुपर्ने

(GMT+08:00) 2020-05-02 18:47:23

"अमेरिकाले गत सम्पूर्ण फेब्रुअरी र मार्चको शुरुको समय बर्बाद गरेको छ। यो मानिसका कारण उत्पन्न भएको कोरोना भाइरसको त्रासदी हो।" मे एक तारिख अन्तर्राष्ट्रिय चिकित्सा पत्रिका "द लान्सेन्ट"का प्रधान सम्पादक रिचार्ड होर्टोनले चाइना मिडिया ग्रुपसँगको अन्तर्वार्तामा उक्त कुरा बताउनुभएको हो।

होर्टोनको विचारमा अमेरिकाका केही राजनीतिज्ञहरूले आफ्नो जिम्मेवारी वहन नगरेको र चीनमाथि जिम्मेवारी पन्छाएका छन् तर महामारीको प्रतिरोध क्षेत्रमा अमेरिकाको अभिनयको सिंहावलोकन गर्दा यस्तो नतिजा प्राप्त गरिएको छ, 'अमेरिकी केही राजनीतिज्ञको गल्तीका कारण महामारी अमेरिकामा तीव्र रुपमा फैलिएको छ र विश्वमा फैलिनका लागि गति प्रदान गरिएको छ।'

महामारीको सिमाना विहीन हुन्छ। अमेरिकाको निर्णायक तहको गल्ती र महामारीलाई राजनीतिकरण गर्ने प्रयासका कारण अमेरिकामा पुष्टि बिरामीको संख्या र मृत्यु भएकाको संख्या तीव्र रुपमा बढेको छ। यसले विश्व महामारीको रोकथाम तथा नियन्त्रणका लागि ठूलो दवाव शक्ति थपेको छ।

अमेरिका विश्वको महामारीको "केन्द्र" बनेपछि अमेरिकी राजनीतिज्ञहरूले नीतिको सामन्जस्यता नगरेका मात्रै होइनन्, जीवन जोगाउने काम पनि गरेका छैनन्। उनीहरूले कसरी अरुमाथि जिम्मेवारी पन्छाउने योजना गरेका छन्?

अस्ट्रेलियाका प्रधानमन्त्री स्कोट जोन मोरिसोनले गत मार्च महिनामा अन्तर्वार्ता दिँदै अस्ट्रेलियामा कोरोना भाइरसका पुष्टि बिरामीहरूमध्ये करीब ८० प्रतिशत विदेशबाट आएका वा विदेशबाट फर्केका व्यक्तिसँग सम्पर्क भएकाहरू हुन्, ती विरामीहरूमध्ये प्रायःजसो अमेरिकाबाट आएका हुन् भन्ने कुरा बताउनुभएको थियो।

अमेरिकाको निर्णय स्तरले महामारीको रोकथाम तथा नियन्त्रणका क्रममा "अमेरिकाको प्राथमिकता"को सिद्धान्त पालना गरेका कारण महामारी विश्वमा फैलिने जोखिम बढाइएको छ।

सरकारी निर्णयको गल्ती ढाकछोप गर्नका लागि अमेरिकाले हाल विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहायता रोक्ने घोषणा गरेको छ। अमेरिको उक्त निर्णयले विश्व स्वास्थ्य संगठनको महामारीको प्रतिरोध कार्य भंग गरेको छ, विकासोन्मुख मुलुकका लागि विश्व स्वास्थ्य संगठनको सहायता क्षमतालाई सीमित पार्नेछ र विश्वव्यापी सार्वजनिक स्वास्थ्य सुरक्षामा गम्भीर रुपमा त्रास-धम्की थप्ने छ। अमेरिकाको उक्त निर्णय विभिन्न पक्षद्वारा निन्दा र आलोचना गरिएको छ।

विश्वको एक मात्रै सुपरपावर ठूलो मुलुकको रुपमा अमेरिकाले विश्व संकटको प्रतिरोध गर्ने क्रममा नमूना भूमिका निर्वाह गर्नुपर्ने र योगदान दिनुपर्ने हो। तर अमेरिका नै आफ्नो महामारीको प्रतिरोधमा निरन्तर रुपमा विफल भएको छ साथै विश्व महामारीको प्रतिरोध सहयोगमा एकपक्षीयवाद कार्यान्वयनमा लागेको छ। विश्व महामारीको रोकथाम तथा नियन्त्रण गम्भीर रुपमा भंग गरिनुका साथै मानवको मुलभूत हितमा समेत हानी पुर्‍याइएको छ।

दोस्रो युद्धयता सबैभन्दा ठूलो चुनौती रहेको विश्व संकटअगाडि एकता र सहयोग सबैभन्दा सशक्त हतियार हो।

जानकारी तथा लेखहरु