फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा विश्व स्वास्थ्य संगठनअन्तर्गत आकस्मिक घटना समितिको कार्यको प्रशंसा

(GMT+08:00) 2020-05-03 17:45:45

मे तीन तारिख दिउँसो चीनको राज्य परिषदको रोकथाम तथा नियन्त्रण संयन्त्रको पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फङले विश्व स्वास्थ्य संगठनअन्तर्गत आकस्मिक घटना समितिले गरेको कार्यको प्रशंसा गर्नुभएको छ र चीनले आकस्मिक घटना समितिको प्रस्तावमाथि सोच-विचार गर्ने र विश्व स्वास्थ्य संगठनको कार्यको निरन्तर रुपमा समर्थन गर्ने कुरा बताउनुभएको छ।

प्रवक्ता मीकाअनुसार, विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस अढानोम घेब्रेयेसुसले मे एक तारिख कोरोना भाइरस महामारी "अन्तर्राष्ट्रिय समाजले ध्यान दिने आकस्मिक सार्वजनिक स्वास्थ्य घटना" सधैं नै रहिरहेको कुरा व्यक्त गर्नुका साथै आकस्मिक घटना समितिका विभिन्न प्रस्तावलाई "अन्तर्राष्ट्रिय स्वास्थ्य नियम" तलको अस्थायी प्रस्तावको रुपमा राख्न स्वीकार गर्नुभयो। मीले चीनले विभिन्न पक्षसँग मिलेर विश्व स्वास्थ्य संगठनको कार्यको समर्थन दिने, विश्वको सार्वजनिक स्वास्थ्य सुरक्षाको संरक्षण गर्ने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु