फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

के यो जीवन हो? अमेरिकामा कम आय भएकाहरूले भाइरस जचाउँन सक्दैनः बिल गेट्स

(GMT+08:00) 2020-05-03 17:48:02

अमेरिकी माईक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले सीएनएनलाई अन्तर्वार्ता दिँदै एशियामा भाइरसको जाँच तथा ट्रयाक गर्ने क्षमता अमेरिकाभन्दा निकै बढेको कुरा बताउनुभएको छ। उहाँका अनुसार, अमेरिकामा धनी मान्छेले धेरै पटक जाँच गरेका छन्। तर कम आय भएका समुदायले भाइरस जाँच्न पाउँदैनन् होला। अमेरिकी जाँच प्रणालीले प्राथमिकता छुट्याएको छैन। त्यसैले जसले सही अवस्था दिनसक्दैन र जाँचको अंकलाई पनि तुलना गर्न सकिँदैन।

गत मार्च १८ तारिख ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले राष्ट्रपति ट्रम्पलाई यस्तो प्रश्न सोधे- किन एसिम्प्टोमेटिक खेलाडीले जाँच पाउन सक्छन्? चिनजान भएका मान्छेहरू लाइनको अगाडि बस्न पाउँछन्?

जवाफमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, 'यही त जीवन होला, कहिलेकाहीं यस्तो हुनसक्छ।'

जानकारी तथा लेखहरु