
अप्रिल ३० तारिख अमेरिकी राष्ट्रिय खुफिया एजेन्सी निर्देशन कार्यालयले औपचारिक वेभसाइटमा एउटा विज्ञप्ति जारी गरेको थियो। सो विज्ञप्तिले वैज्ञानिक समुदायको विचारप्रति सहमत भएको र कोभिड १९ भाइरस कृतिम नभएको भन्दै जसको जीन पनि मानव निर्मितरूप भाइरसबाट नसरेको लेखेको छ। तर सोही दिन पत्रकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोभिड १९ भाइरस वुहानको प्रयोगशालाबाट आएको कुनै प्रमाण छ भन्ने प्रश्नमा ट्रम्पले "हो र मसँग छ"भनेर जवाफ दिनुभएको थियो। पत्रकारले के प्रमाण छ भन्ने प्रश्न गर्दा ट्रम्पले भन्नुभएको थियो,"म तिमीलाई भन्न सक्दिन"।

हाल सामाजिक संजालमा कोभिड १९ भाइरससित सम्बन्धित केही षडयन्त्र सिद्धान्तका झुटा बिषयहरूप्रति विश्व स्वास्थ्य संगठनका प्रवक्ता फद्राशाइबले टिप्पणी गर्नु भएको छ। उहाँले हालसम्मका सबै प्रमाणमार्फत कोभिड १९ भाइरस जनावरबाट आएको र कुनै वैज्ञानिक समुदाय वा मानव निर्मित नभएको बताउनुभएको छ।
<< 1 2 >>