फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सय दिनसम्म देशको मूल्यवान वस्तुको संरक्षण

(GMT+08:00) 2020-05-04 20:01:16

फाङ छिन नामका पुरुष हुपै प्रान्तीय संग्रहालयका प्रमुख हुनुहुन्छ। सन् २०१३ को मे महिनामा उहाँ सो संग्रहालयका प्रमुख बन्नुभएको ७ वर्ष भइसकेको छ।

महामारी फैलिएको बेला हुपै प्रान्तीय संग्रहालय र समस्त वुहान एक किसिमको "बन्द अवस्था"मा आइपरेको थियो। संग्रहालयमा रहेका ७५ जना कर्मचारीले संग्रहालयमै खाने बस्ने गरेका थिए।

संग्रहालय बन्द भए पनि त्यहाँको सुरक्षाका निम्ति विगतमा झैं हरेक दिनको गश्ती र निरीक्षण अझ गम्भीर रहेको छ। संग्रहालयका प्रत्येक कुनाको निरीक्षण गर्नुका साथै आगलागी र चोरीको प्रतिरोध गर्नु अझ महत्वपूर्ण छ। हरेक राति फाङ छिनले आफ्नो कोठामा फर्केर सोही दिनमा उत्पन्न सबै विषयहरूको रेकर्ड गर्ने गर्नुभएको छ।

मार्च २२ तारिख संग्रहालय बन्द भएको ६२ दिनपछि वसन्त ऋतुको वुहान शीर्षकको प्रत्यक्ष प्रसारण हुपै प्रान्तीय संग्रहालयमा आयोजना गरिएको थियो। फाङ छिनले इन्टरनेटका दर्शकहरूसँगै लामो समयसम्म नदेखिने प्रदर्शनी हलमा प्रवेश गर्नुभयो। पहिलो प्रत्यक्ष प्रसारणमा ७९ लाख भन्दा बढी इन्टरनेटका दर्शकहरूले अवलोकन गरेका थिए। त्यो संख्या हेर्दा फाङ छिनलाई ज्यादै आश्चर्य लागेको छ।

प्रत्यक्ष प्रसारणको अतिरिक्त फाङ छिनले इटलीको संग्रहालय क्षेत्रलाई सहयोगस्वरुप मास्क प्रदान गर्नुभएको छ। उहाँले सहयोग गर्ने प्रत्येक मान्छेको नाम पनि निष्ठापूर्वक लेख्नुभएको छ।

मे एक तारिखदेखि लामो बिदासम्म फाङ छिनको संग्रहालय जीवन १ सय दिन भइसकेको छ। वुहानको जीवन पनि क्रमश: सामान्य हुँदै गएको देखिन्छ। अब उहाँ आफ्नो घर फ‍र्कन सक्नुहुन्छ।

जानकारी तथा लेखहरु