फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आबास क्षेत्रका कर्मचारी

(GMT+08:00) 2020-05-04 20:03:31

पी लिन नामका महिला पैचिङ शहरको तुङ छङ प्रिफेक्चरको तुङ च मन आबास क्षेत्रकी एकजना सामान्य कर्मचारी हुनुहुन्छ। उहाँ आबास क्षेत्रको सामाजिक हित-कल्याण कार्यमा कार्यरत् हुनुहुन्छ। उहाँले समय समयमा आबास क्षेत्रका बूढाबूढीका लागि दिमागको अधोगति प्रतिरोधात्मक तालिम दिने गर्नुहुन्छ। हरेक वसन्त चाडमा उहाँले आबास क्षेत्रका बासिन्दाहरूका लागि विभिन्न प्रकारका रमाइला गतिबिधिको आयोजना गर्ने गर्नुहुन्छ। यस वर्ष महामारीको कारण ती रमाइला गतिबिधिहरू बन्द भएका थिए। तैपनि उहाँ अझ व्यस्त बन्नुभएको छ।

हरेक बिहान ५ बजेतिर उहाँ उठेपछि परिवारजनका लागि बिहान र मध्यान्हको खाजा तयार गर्नुहुन्छ। त्यसपछि उहाँ कार्यालय पुगेपछि विभिन्न आबास क्षेत्रका हरेक ठाउँमा सफाचट गर्नुहुन्छ। उहाँ आबास क्षेत्रको द्बार अगाडि उभिएर बासिन्दाहरू पस्ने कार्डको निरीक्षण गर्नुका साथै तापक्रम पनि जाँच्नुहुन्छ।

1  2  
जानकारी तथा लेखहरु