फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ कोरोना महामारी सामनामा अन्तर्राष्ट्रिय सहयोग संकलन अनलाइन सम्मेलन आयोजना

(GMT+08:00) 2020-05-05 18:46:42
नयाँ कोरोना महामारीमा विश्वद्बारा सामना गरिने अन्तर्राष्ट्रिय सहयोग सम्मेलन मे ४ तारिख अनलाईनमा प्रत्यक्ष प्रसारणमार्फत आयोजना गरिएको छ। सो सम्मेलनको मुख्य उद्देश्य पूरै विश्वमा नयाँ कोरोना भ्याक्सिन, उपचार र जाँचबुझ कार्यलाई अघि बढाउनु रहेको छ।

यूरोपेली संघका लागि चिनियाँ राजदूत मण्डलका प्रमुख राजदुत चाङ मिङले चीन सरकारको तर्फबाट सम्मेलनलाई भिडियो सम्बोधन गर्दै रोगको पर्यवेक्षण नभएको र विश्वका विभिन्न मुलुक सबै नै भाग्यको एकरुपतामा रहेको औँल्याउनुभएको छ।

बेलायती प्रधानमन्त्री बोरिस जोहन्सनले प्रत्यक्ष प्रसारणमा समस्त मानव जाति एकताबद्ध हुनु ज्यादै महत्वपूर्ण रहेको कुरामा जोड दिनुभएको छ।

विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टड्रोस अधानोम घेब्रेएसुसले सो सम्मेलनमा झण्डै ७ अर्ब ४० करोड यूरो संकलन भएको बताउँदै सो पूँजीलाई नयाँ कोरोना भ्याक्सिनको अनुसन्धान, उत्पादन र निष्पक्ष वितरण गर्ने, जाँचबुझ सामग्री तथा उपचार उपायको कार्यमा प्रयोग गरिने घोषणा गर्नुभएको छ।

जानकारी तथा लेखहरु