फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रम दिवसका अवसरमा चिनियाँ पर्यटन क्षेत्रको आम्दानी साढे ४७ अर्ब युआन

(GMT+08:00) 2020-05-06 19:16:26
चीनको संस्कृति र पर्यटन मन्त्रालयको तथ्याङ्क अनुसार मेइ १ देखि ५ तारिखसम्म चीनमा ११ करोड ५० लाख भन्दा बढी चिनियाँ पर्यटकहरूले विभिन्न ठाउँ घुमेका छन्। सो अवधिमा पर्यटन क्षेत्रको आम्दानी ४७ अर्ब ५६ करोड चिनियाँ युआन पुगेको छ।

श्रम दिवसको विदाका अवसरमा धेरैजसो चिनियाँ परिवारहरूले शहर बाहिरी गाउँमा घुम्न मन पराउँछन्। चीनको पल्लो शान सी प्रान्तको छाङ च शहर अन्तर्गत चन सिङ गाउँले पर्यटकहरूलाई निशुल्क मास्क उपलब्ध गरेकाले धेरै भन्दा धेरै पर्यटन त्यहाँ पुगेका छन्। सो गाउँले पर्यटनका लागि १ करोड चिनियाँ युआन आम्दानी गरेको छ।

चीनका संस्कृति र पर्यटन मन्त्रालयका तथ्याङ्क विभागका प्रमुख ताइ पिनले श्रम दिवसको विदामा चीनको पर्यटनकीय बजारको बृद्धि दर झन् द्रुत गतिमा बढेको बताउँदै पर्यटनको उपभोग पुनरूत्थान हुँदैआएको र पर्यटकहरू यात्रामा सन्तुष्ट रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु