फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राजनीतिज्ञद्बारा विश्वसामु कहिलेसम्म झुट फैल्याउने?

(GMT+08:00) 2020-05-06 20:00:30

"पहिले मलाई कोरोना संक्रमण भएको शंका लागेको थियो। तर उनीहरूले के बताए भने अमेरिकाको पहिलो संक्रमित जनवरीमा पत्ता लागेको थियो। पहिले मलाई स्वाइन फ्लु पनि भएको थियो। तर त्यस बेलाको अवस्था यस पटक जस्तो गम्भीर थिएन। यस पटक म तुरुन्तै मर्न सक्थेँ।" हालै अमेरिकी न्यूजर्सी राज्यको बेल्भिल शहरका मेयर माइकल मेलहामको यो भनाइलाई अन्तर्राष्ट्रिय समुदायले विस्तृत रुपमा ख्याल-विचार गरेका छन्। उहाँले गत वर्षको नोभेम्बरमा नयाँ कोरोना भाइरसबाट संक्रमित भएको बताउनुभयो। यसका साथै जाँचबुझबाट के प्रमाणित गरिएको छ भने उहाँको शरीरमा नयाँ कोरोना भाइरस विरुद्ध जिवाणु रहेको देखिन्छ। त्यसैले अमेरिकी प्रतिवेदनमा उल्लेख गरिएको पहिलो संक्रमितको मितिलाई झण्डै २ महिना अगाडि सारिएको छ। त्यसबाट अमेरिकी राजनीतिज्ञले प्रचार-प्रसार गरेको तथाकथित स्पष्ट रोग सूचना भन्ने झुटलाई भण्डाफोर गरेको छ।

यति धेरै शंकास्पद विन्दु मौजुद रहेको अवस्थामा ती अमेरिकी राजनीतिज्ञहरूले कुन बेलासम्म विश्वलाई झुट फैलाउन गर्न खोजेको छन्?

वास्तवमा वाशिङ्टनका राजनीतिज्ञहरूले धेरैपटक रोगसम्बन्धी सूचना लुकाएको मुख्य उद्देश्य वर्तमान सरकारको कमजोर क्षमता लुकाउन रहेको छ।

जानकारी तथा लेखहरु