फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको स्वास्थ्य मन्त्रालयद्वार चीनले पठाएको स्वास्थ्य सामग्री ग्रहण

(GMT+08:00) 2020-05-07 16:14:24

चिनियाँ परराष्ट्र मन्त्रालयको एसिया मामिला विभाग र नेपालस्थित चिनियाँ दूतावासले अनुदानमा पठाएका अत्यावश्यक स्वास्थ्य सामग्री र उपकरण बुधबार नेपालको स्वास्थ्य मन्त्रालयले बुझेको छ। चीनले १० हजार थान केएन ९५ मास्क, तीन लाख ३८ हजार सर्जिकल मास्क तथा नौ हजार थान पिपिई र प्रोटेक्टिभ गगल्स हस्तान्तरण गरेको चिनियाँ दूतावासले जनाएको नयाँ पत्रिका अनलाइनले लेखेको छ।

चीनको कान्सु प्रान्त अनि त्यहाँको सहरी तथा ग्रामीण विकास लगानी समूहले पिपिईलगायतका सामग्री बागमती र प्रदेश ५ लाई यसअघि दिइसकेका छन्। हैनान प्रान्तको बुद्धिष्ट एसोसिएसन, सन्चन सिटीको होंफा मन्दिर तथा लुम्बिनीस्थित चिनियाँ मन्दिरबाट नेपाललाई दुई लाख थान डिस्पोजेबल सर्जिकल मास्क, १० हजार थान केएन ९५ मास्क हस्तान्तरण गरिसकेको चिनियाँ दूतावासले जनाएको छ। कोभिड– १९ विरुद्धको लडाइँमा चीनले नेपाललाई थप सहयोग जारी राख्ने पनि चिनियाँ दूतावासले जनाएको छ।

यसअघि चीनको सिचुआन, तिब्बतलगायतका प्रान्तहरूले विभिन्न समयमा नेपाललाई अत्यावश्यक मेडिकल सामग्री तथा औषधि उपलब्ध गराउँदै आएका छन्।

जानकारी तथा लेखहरु