फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सामान्य शास्त्र र वैज्ञानिक आदान-प्रदानलाई होच्याउन नहुने

(GMT+08:00) 2020-05-07 19:14:11
अमेरिकी रिपब्लिकन पार्टीका सासंदले हालै अमेरिकी शिक्षा मन्त्रालयलाई चिठी पठाउँदै चीनले अमेरिकी विश्वविलालयतर्फ लगानी गर्ने तरिकामार्फत प्रचार प्रसार गर्ने लक्ष्यलाई साकार तुल्याउन खोजेको सम्बद्ध सामग्री उपलब्ध गराउन अमेरिकी शिक्षा मन्त्रालयलाई आग्रह गर्नुका साथै चीनले अमेरिकी शास्त्र क्षेत्रतर्फ लगानी गर्ने उद्देश्य सूचना र प्रविधि चोर्नु रहेको ठहर व्यक्त गरेका छन्। यस विषयबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले मे ६ तारिख आयोजित पत्रकार सम्मेलनमा सबै सामान्य शास्त्र र वैज्ञानिक आदान-प्रदान तथा सहकार्यलाई राजनीतिकरण र होच्याउन नहुने बताउनु भएको छ। दुईवटा ठूलो मुलुकको हैसियतले चीन र अमेरिकाले दुवै देशका शैक्षिक जगत र वैज्ञानिक क्षेत्रमा सामान्य आदान-प्रदान र सहकार्य चलाउनका लागि सकारात्मक र उचित पूर्वाधार र वातावरणको सिर्जना गर्ने कुरामा उहाँले जोड दिनुभएको छ।

सामान्य शास्त्र र वैज्ञानिक आदान-प्रदान र सहकार्यलाई राजनीतिकरण गर्ने र होच्याउने कुरा दीर्घकालीन रुपबाट हेर्दा दुवै देशका जनता बीचको पारस्परिक समझदारीका लागि हितकर नरहेको भन्दै प्रवक्ता ह्वाले त्यो दुवै देश सम्बन्धको सामान्य विकासका लागि हानिकारक हुने पनि ‌औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु