फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गत बर्षको उतरार्द्धमै देखा परेका थिए कोभिड १९ भाइरस संक्रमित

(GMT+08:00) 2020-05-07 19:16:55

अमेरिकी सीएनएन टेलिभिजन समाचार नेटवर्कले मेइ ५ तारिख सार्वजनिक गरेको समाचारमा बेलायतका अध्ययनकर्ताले विश्वका ७ हजार ६ सय जना कोभिड १९ संक्रमितहरूमा भेटिएका भाइरस जीनलाई अध्ययन गर्दा गत बर्षदेखि नै द्रुतरूपमा विश्वमा फैलिएको पत्ता लागेको लेखिएको छ।

समाचारमा जनाएअनुसार फ्रान्सको राजधानी शहर पेरिसमा एक जना डाक्टरले सन् २०१९ को डिसेम्बरमा आफू काम गर्ने अस्पालमा एकजना कोभिड संक्रमित पाएको बताउनुभयो। ती डाक्टरको भनाइ पुष्टि भयो भने सन् २०१९ को डिसेम्बरदेखि नै कोभिड १९ भाइरस फ्रान्समा फैलन शुरू भइसकेको थियो र यो समय फ्रान्स सरकारबाट पहिला निश्चित भएको पहिलो संक्रमित रहेको समय भन्दा १ महिना अगाडि भएको देखिन्छ।

जानकारी तथा लेखहरु