फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वमा हरेक दिन ८० हजार कोभिड १९ संक्रमितहरू थपिँदै

(GMT+08:00) 2020-05-07 19:17:50
मे ६ तारिख विश्व स्वास्थ्य संगठनका महा निर्देशक टेड्रस अधानोम घेब्रेयेसुसले पत्रकार सम्मेलन बताउनु भए अनुसार विगत ४ महिनादेखि हरेक दिन ८० हजार कोभिड १९ भाइरस संक्रमित थपिँदै आएका छन्। पश्चिम युरोपको तथ्याङ्क हेर्दा नयाँ थपिएका संक्रमितहरूको संख्या घट्दै आएको देखिएता पनि पूर्वी युरोप, अफ्रिका, दक्षिण-पूर्वी एशिया, पूर्वी भू-मध्य र अमेरिका क्षेत्रमा हरेक दिन संक्रमितको संख्या बृद्धि हुँदैआएको छ। यसैले विभिन्न मुलुक वा क्षेत्रले आफ्नो परिस्थिति अनुसार महामारी रोकथाम गर्ने उपाय अपनाउनुपर्ने कुरामा उहाँले जोड दिनु भएको छ।

कोभिड १९ भाइरस महामारी रोकथाम गर्नुका साथै आगामी दिनमा अर्को महामारीको रोकथामको तयार गर्नुपर्ने उहाँले बताउनुभयो। हाल विश्वका विभिन्न मुलुक वा क्षेत्रमा सार्वजनिक स्वास्थ्य प्रणाली सुधार गर्ने र क्षमता बलियो बनाउने अवसर रहेको र यस अवधिमा नयाँ भाइरस विरूद्ध उपाय पत्ता लगाउन सकिने पनि टेड्रसेले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु