फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेचर वैज्ञानिक जर्नलद्वारा महामारीको रोकथाममा चिनियाँ विधिको विश्लेषण

(GMT+08:00) 2020-05-08 19:17:15
मेइ ४ तारिख अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल नेचरले औपचारिक वेभसाइटमा बहुमुलुकका अध्ययकर्ताहरू संगठित अध्ययन टोलीद्वारा प्रस्तुत एउटा अनुसन्धान लेख सार्वजनिक गरेको छ।

सो लेखमा चीनले कोभिड १९ भाइरस महामारी रोकथाम गरेका तीन किसिमका उपायहरू अपनाएको कारण विश्वका अरू ठाउँहरूले महामारी रोकथाम गर्न बढी समय लगाएको लेखिएको छ। महामारीको रोकथाममा चीनले तीनवटा कदम अपनाएको थियो जसमा शहर-शहरबीचको यात्रालाई रोक्ने, भाइरस फैलिएको शुरूवातमा संक्रमितहरूको पहिचान तथा अगल राखी उपचार गर्नु र आम नागरिकबीचको सम्पर्क तथा सामाजिक दूरीलाई कायम राख्ने काम गरेको थियो।

सो लेखमा चिनियाँ रोकथाम उपाय अपनाउन एक साता मात्र ढिलो भएमा संक्रमितको संख्या वास्तविक स्थिति भन्दा ३ गुणाले बृद्धि हुने र रोकथाम कार्य तीन साता ढिलो भए संक्रमितको संख्या वास्तविक संख्याभन्दा १८ गुणाले बृद्धि हुने स्पष्ट औँल्याएको छ।

जानकारी तथा लेखहरु