फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मनमा षड्यन्त्र बोकेका अमेरिकी राजनीतिज्ञहरु सर्वसाधारणलाई सेतो मुसा बनाउँदै

(GMT+08:00) 2020-05-08 20:17:11
"रोग निवारण सम्बन्धी नीतिको तर्जुमा गर्दा मैले बाध्य भएर राजनीतिक र अन्य जटिल सम्बन्धबाट हत्तोत्साहित हुनुका साथै सरकारमा रहेका उत्कृष्ट वैज्ञानिकहरूको सुझाव सुन्न सकेको थिइँन।" हालै पत्रकारलाई अन्तर्वार्ता दिंदै अमेरिकी जैविक वस्तु शास्त्रको उच्च अनुसन्धान र विकास व्यवस्थापन व्युरोका पूर्व प्रमुख रिक ब्राइटले अमेरिकी सरकारको रोग निवारण कदममा मौजुद कालो छायाको खण्डन गर्नुभएको छ। उहाँको भनाइबाट के प्रमाणित गरिएको छ भने अमेरिकी रोग निवारण कार्यलाई ध्वस्त बनाउने मान्छे निकै स्वार्थी र गैरजिम्मेवार अमेरिकी नीति निर्माताहरू हुन्।

सर्वप्रथम आफ्नो राजनीतिक हितलाई साकार तुल्याउन खोज्दा अमेरिकी निर्णायक तहले शुरुदेखि हालसम्म रोग निवारणलाई ज्यादै महत्वपूर्ण र जरुरी कुराको व्यवहार गर्दै प्राथमिकतामा राखेको छैन।

दोस्रो अमेरिकी निर्णायक तहमा नीतिको तर्जुमा गर्ने क्रममा वैज्ञानिक र होशियारी विचार निकै अभाव देखियो।

र तेस्रो शुरुआतको रोग निगरानी र पूर्व-चेतावनी प्रणाली वा पछिका रोग निवारण सामग्री प्रवन्ध र वितरण गर्ने कार्यमा निकै डामाडोल अवस्था भोगिरहेको छ। के भन्नसकिन्छ भने मनमा षड्यन्त्र लिएको अमेरिकी राजनीतिज्ञले सर्वसाधारणलाई सेतो मुसाको रुपमा परीक्षण गरिरहेका छन्।

जानकारी तथा लेखहरु