फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना भाइरस महामारीविरूद्धका एक योद्धा – डाक्टर फङ यिनह्वा ,अजय अलौकिक

(GMT+08:00) 2020-05-09 17:19:30

कोरोना भाइरस महामारीले हामी मानवजाति कति कमजोर छौं भन्ने फेरि एक पटक पुष्टी गरेको छ। विज्ञानमार्फत् गरिँदैआएका चमत्कार र ब्रह्माण्डका अरू ग्रहहरूमा पृथ्वीवासीको खोज, अन्वेशषनसमेत एक प्रकारले हास्यास्पद लाग्नथालेको छ। विश्वमा हरेक दिन जसो घट्ने विभिन्न प्राकृतिक प्रकोपले हामीलाई आक्रान्त तुल्याइरहेको छ नै र हाल हामीबीच प्रकृतिबाटै उत्पन्न भाइरसले हामीलाई शक्तिहीन बनाएको छ। हामी सबै घरभित्रै कुँजिन बाध्य भएका छौं। यो अदृश्य नांगो आँखाबाट नदेखिने भाइरसबाट हामी त्रसित छौं।

वैश्वीकरणको युगमा कुनै ठाउँ र क्षेत्रका मानिस मात्रै होइन समग्र विश्वलाई नै यस भाइरसले आफ्नो पकडमा लिएको छ। मानवजातिको सुरक्षित भविष्यका लागि विभिन्न क्षेत्र, वर्ग र जातका मानिसहरू एक हुनु अहम आवश्यकता बनेको छ। यस्तो अवस्थामा दुई राष्ट्रबीचको सीमा, सुरक्षा, र सार्वभौमिकता र अखण्डताका लागि फ्रन्टलाइनमा लड्ने सेना र हतियारको समेत आवश्यकता रहेन। यस कोरोना भाइरसको महामारीसँगै हरेक मानिस नै सैनिक भएका छन्।

राष्ट्राध्यक्ष सी चिनफिङले अदृश्य शत्रुसँग लड्न समग्र चिनियाँ जनतालाई आह्वान गर्दै नयाँ चीन स्थापनायता चीनमा सबैभन्दा विनाशकारी स्वास्थ्य घटना भएको पनि औंल्याउनु भएको थियो। हरेक मानिसले भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि घरमा बसेर बारूदबिनाको युद्धमा साथ दिए। यद्यपि यस महामारीको मुख्य योद्धा भने स्वास्थ्यकर्मीहरू ठहरिए। चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले अहोरात्र खटेर सङ्क्रमित र रोगीको उपचार गरे। राष्ट्राध्यक्ष सीले मार्च १० मा उहानको निरीक्षण भ्रमणको क्रममा चीनभरि महामारीविरूद्ध लडेका सम्पूर्ण स्वास्थ्यकर्मीलाई उच्च सम्मान प्रकट गर्दै सर्वोच्च सलाम समेत व्यक्त गर्नुभएको थियो।

उहानमा कोरोना भाइरसको प्रकोप बढेसँगै चीनभरिबाट स्वास्थ्य टोलीहरू त्यहाँ पुगेर सेवा प्रदान गरेका थिए। सङ्क्रमितको संख्या आकासिएपछि स्वास्थ्यकर्मीहरूलाई अत्यावश्यक सुरक्षा पोशाकको समेत अभाव हुनपुगेको थियो। योसँगै बिरामीको उपचारमा खटेका कतिपय स्वास्थ्यकर्मी र चिकित्सकहरू पनि यस भाइरसबाट सङ्क्रमित हुन पुगे र केहीले यो बारूदबिनाको युद्धमा प्राणाहुति समेत दिए । यस्तै एक योद्धा हुन्, डाक्टर फङ यिनह्वा।

२९ वर्षिय डाक्टर फङको फेब्रअरी २० तारिख बिहिबार भाइरस सङ्क्रमणपश्चात् मृत्यु भएको थियो। त्यस बेलासम्म उनीसहित ९ जना स्वास्थ्यकर्मीले यो युद्धमा शहादत प्राप्त गरेका थिए। उनी यस युद्धमा ज्यान गुमाउने सबैभन्दा कम उमेरमध्येका हुन्। चिकित्सक मात्रै होइन रोगीको मृत्युले या कुनै पनि मानिसको अकालमा हुने मृत्युले आफन्तजन्लाई मात्रै होइन, देख्ने र सुन्ने सबै नै शोकातुल्य हुन्छन्। यी कलिला डाक्टरको अपूरो जीवन र अधूरो सपनाको समाचार पढेर म अझै आहत भएको थिएँ। कोरोना भाइरसको पूर्ण पहिचान नहुँदै उनी आफै पनि बिरामीहरूको उपचारको क्रममा सङ्क्रमित हुन पुगेका थिए। अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि विदा भए तापनि उनी काममा फर्केका थिए। अस्पतालले उनले मागेको विदा स्वीकृत गरिसकेको थियो। यदि उनले त्यति बेला कामबाट विदा लिएको भए अहिले म उनको बारेमा लेखिरहेको हुने थिइन, शायद।

डाक्टर फङलाई महामारीविरूद्धको युद्धमा अग्रपङ्क्तिमा लडेका कारण अप्रिल २० तारिख मरणोपरान्त '२४औं चीन युवा मे ४' पदकद्वारा सम्मान गरिएको छ। यसैगरी, अप्रिल २ मा हुपै प्रान्तले उनीसँगै महामारीको युद्धमा ज्यान गुमाएका १४ जना स्वास्थ्यकर्मीलाई शहीद घोषणा गरेको थियो। मार्च ५ मा राष्ट्रिय स्वास्थ्य आयोग, मानव संसाधन तथा सामजिक सुरक्षा मन्त्रालय र परम्परागत चिनियाँ औषधिको राष्ट्रिय प्रशासनले उनलाई महामारी रोकथाम तथा नियन्त्रणका लागि 'राष्ट्रीय स्वास्थ्य प्रणाली कोभिड-१९ उच्च व्यक्तित्व' बाट सम्मान गरेको थियो। ग्लोबल्स टाइम्सका अनुसार, उनले वइपोमा लेखेका थिए, 'म एक साधारण डाक्टर हुँ। म सक्रिय व्यक्तिबाट सिक्न चाहन्छु र चिनियाँ कम्युनिस्ट पार्टीमा आबद्ध हुने योजना छ। पार्टीद्वारा नेतृत्व गरिएको यो युद्ध हामी बारूदबिना जित्नेछौं।' उनले छिटो स्वस्थ भएर काममा फर्कने इच्छा पनि व्यक्त गरेका थिए।

सन् २०१५ मा हुपै युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीबाट डाक्टरको पद्वी पाएका उनले चिङस्या जिल्लामा अवस्थित नम्बर १ जनअस्पतालबाट आफ्नो पेशा आरम्भ गरेका थिए। सन् २०१६ मा श्वासप्रश्वास विज्ञको रूपमा विशेष योग्यता हासिल गरेका उनले सन् २०१९ बाट सोही अस्पतालमा श्वासप्रश्वास तथा सघन विभागमा कार्यारम्भ गरेका थिए। सबै सहकर्मीहरूले डाक्टर फङलाई एक आशावादी, कर्मठ तथा इमानदार व्यक्तित्वको धनीको रूपमा स्मारिका पुस्तकमा सम्झेका छन्। डाक्टर फङको विभागका वार्ड निर्देशक छन हाओका अनुसार, उनी कामप्रति लगनशील र इमानदार रहनुका साथै कहिल्यै गुनासो गर्दैनथे।

'हामीले एक दिनमा १३० जना बिरामीको उपचार गरेकाथ्यौं, सबै चिकित्सकहरूले अस्पतालमा नै खाए र यतै रात बिताए।' निर्देशक छन हाओले भने, 'चिनियाँ नव वर्षको दिन (जनवरी २५) मा फङ सङ्क्रमित भएको परीक्षणले देखाएको थियो। हुन त अस्पतालले उनको जीवनकै सबैभन्दा महत्वपूर्ण दिनका लागि विदा स्वीकृत गरेको थियो। तर फङ त्यो महत्वपूर्ण दिनलाई पर धकेल्दै सहकर्मीसँग महामारीविरूद्धको युद्धमा होमिन आएका थिए।' फेब्रअरी १ तारिख फङ र उनकी जीवन सङ्गिनी तथा परिवारजन्का लागि एक महत्वपूर्ण दिन थियो। विगत तीन वर्षदेखि सँगै बस्दैआएकी ६ महिनाको गर्भवती जीवन सङ्गिनीसँग बिवाह बन्धनमा बाधिँने योजना थियो। उनले जीवनको यसै सपना पूरा गर्न विदा पनि लिएका थिए तर महामारीको युद्धमा बिरामी तथा सङ्क्रमितहरूको उपचार गर्न अघि सरे। उनले आफ्नो सपनालाई थाँती राखेर देश सेवालाई आफ्नो पहिलो कर्तव्य बनाए र अदृश्य शत्रुसँग लड्दालड्दै प्राण त्याग्न पुगे। तर उनी विलय भएका छैनन्, अबको एक महिनापछि (जुनको पहिलो साता) उनको अंश नवजात शिशुको रूपमा यो धरतीमा जन्मिदै छ। महामारीको रोकथाम नै पहिलो कर्तव्य भन्दै प्रोत्साहित गर्ने फङकी श्रीमतीले गर्भमा रहेको बच्चालाई सदा भन्ने गर्छिन्, तिम्रो बुवा देशको वीर हुनुहुन्छ, डाक्टर हुनुहुन्छ।

राष्ट्राध्यक्ष सीले भन्नुभएको छ, महानता तथा वीरता एक साधारण मानिसबाट नै उत्पन्न हुन्छ।

जानकारी तथा लेखहरु