फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफ्रिकामा नयाँ कोरोना माहामारी संक्रमितको कूल संख्या ५४ हजारभन्दा बढी

(GMT+08:00) 2020-05-09 17:34:18

अफ्रिकी रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार, अफ्रिकी पूर्वी समय अनुसार मे ८ तारिखसम्म ५३ वटा अफ्रिकी मुलुकले नयाँ कोरोना माहामारी संक्रमितको कूल संख्या ५४ हजारभन्दा बढी पुगेको प्रतिवेदन सार्वजनिक गरिसकेका छन्। नयाँ कोरोना महामारीको सामना गर्नका लागि केही अफ्रिकी मुलुकले निरन्तर रुपमा गम्भीरताका साथ प्रतिरोध र नियन्त्रण कदम अपनाउनुका साथै रोगबाट आर्थिक उत्पादन र सामाजिक जीवनमा ल्याइने असरलाई कटौती गर्न प्रयास गरिरहेका छन्।

इजिप्टेली प्रधानमन्त्री मोस्फाटा मादबुलीले वर्तमान रोग निवारण कदम अपनाउँदै जाने घोषणा गर्नुका साथै दीर्घ रुपमा नयाँ कोरोना भाइरससँग संघर्ष गर्न तयार गर्नुपर्ने आह्वान पनि गर्नुभएको छ।

नामिबियाका स्वास्थ्य मन्त्री कालुम्बी शान्गुलाले बाहिर जाँदा मास्क लगाउन सर्वसाधारणलाई सुझाउनुका साथै लकडाउनलाई खारेज गरिएका क्षेत्रका बासिन्दाका लागि छिटोभन्दा छिटो बन्दोबस्त मिलाउने योजनाको तर्जुमा गर्ने आदेश दिनुभएको छ।

मौरिससका प्रधानमन्त्री प्राभिन्द जुगनाउथले देशभरि लागू गरिएको रात्रि कर्फ्युलाई जुन १ तारिखसम्म लम्ब्याइनुका साथै विद्यालय अगष्ट १ तारिखदेखि पुन:खोल्ने घोषणा गर्नुभएको छ।

जानकारी तथा लेखहरु