फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी र उत्तर कोरिया नेता किमबीच मौखिक सन्देश आदानप्रदान

(GMT+08:00) 2020-05-09 17:35:04
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिनफिङले मे ९ तारिख उत्तर कोरियाको श्रमिक पार्टीका अध्यक्ष एवं उत्तर कोरियाली राज्य परिषद्का अध्यक्ष किम जोङ उनलाई जवाफी मौखिक सन्देश पठाउनुभएको छ।

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले कमरेड किम जोङ उनको मैत्रीपूर्ण मौखिक सन्देश पाउनुभएकोमा निकै खुसी लागेको व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो: गत फेब्रअरीमा कमरेड किमले नयाँ कोरोना महामारी निवारणबारे मलाई सम्वेदना सन्देश पठाउनुका साथै चीनलाई समर्थन गर्नुभएको थियो। त्यसबाट कमरेड किम र उत्तर कोरियाली पार्टी, सरकार र जनताले म र चिनियाँ कम्युनिष्ट पार्टी, सरकार र चिनियाँ जनताको निकै माया र गहिरो भावना राखेको प्रतिबिम्बित गरिएको छ। त्यसप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्न र उच्च मूल्याङ्कन गर्न चाहन्छु।

गत मे ७ तारिख किम जोङ उनले राष्ट्राध्यक्ष सीलाई मौखिक सन्देश पठाउँदै राष्ट्राध्यक्ष सीको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताले अभूतपूर्व नयाँ कोरोना महामारी प्रतिरोध र नियन्त्रण लडाईंमा टडकारो उपलब्धि प्राप्त गरेको कुराको उच्च मूल्याङ्कन गर्नुभएको थियो। उत्तर कोरिया र चीन दुवै देशका पार्टी बीचको सम्बन्ध दिनप्रति दिन घनिष्ट हुँदैजाने र स्वस्थ रुपमा विकसित हुँदै जाने शुभेच्छा पनि उहाँले आफ्नो मौखिक सन्देशमा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु