फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पुन निर्वाचित हुने ट्रम्पद्वारा कोभिड १९ भाइरसलाई षढयन्त्रमा प्रयोग

(GMT+08:00) 2020-05-09 17:35:54
मे ८ तारिख अस्ट्रलियाका पुर्व प्रधानमन्त्री केभिन माइकल रूत्तले बेलायतको कार्डिन नामक समाचार पत्रमा एउटा लेख सार्वजिक गर्नुभएको छ। सो लेखमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुन चुनावमा सफलतालाई सहयोग गर्नका लागि रूपर्ट मुर्डोचको मिडिया समूहले कोभिड १९ भाइरस षडयन्त्र सिद्धान्त सम्बन्धित समाचारहरू बनाएको कुराको निन्दा गरिएको छ।

केभिनले हालसम्म भाइरसको मूलबारे स्पष्ट नभएको अवस्थामा जुन भाइरस वुहानको प्रयोगशालाबाट आएको धेरै समाचारहरू मुर्डोचको मिडिया समूहमार्फत सार्वजनिक गरिएका कुरा झूटो रहेको र त्यसको लक्ष्य अमेरिकी राष्ट्रपति ट्रम्पलाई पुन चुनावमा सफलता दिलाउनु रहेको औँल्याउनु भएको छ।

सो लेखका अनुसार तथाकथित भाइरस प्रयोगशालाबाट आएको सूचनाप्रति पाँच आँखा गठबन्धनले खण्डन गरिसकेको छ। "पाँच आँखा गठबन्धन" अमेरिका, बेलायत, क्यानाडा, अस्ट्रेलिया र न्यूजिल्यान्ड पाँचवटा मुलुकका खुफिया एजेन्सीहरूको मोर्चा संजाल हो। साथै बेलायत कार्डिन समाचार पत्रले सो सूचना अमेरिकाबाट आएको हुनसक्ने सम्भावना रहेको र यसको लक्ष्य चीनमाथि दवाव दिनु र भड्किएको जनमतलाई मोड्नु रहेको उल्लेख गरेको छ।

जानकारी तथा लेखहरु