फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका ससाना व्यवसायको उत्पादन पुन:शुरु हुने दर ८० प्रतिशत

(GMT+08:00) 2020-05-09 19:00:34

अखिल चीन उद्योग-वाणिज्य संघले मे ८ तारिख सार्वजनिक गरेको प्रायोजन अवस्था प्रतिवेदन अनुसार, चीनका ससाना व्यवसायको प्रायोजन अवस्थामा स्पष्टसँग सुधार भइसकेको छ। यस वर्षदेखि चीन सरकारले तीनपटक धरौटी बचत अनुपातलाई घटाउने, पुन: ऋण उपलब्ध र पुन: भत्ता दिने तरिकामार्फत मझौला र ससाना व्यवसायलाई बित्तीय सहयोग दिनका लागि विभिन्न बैकिङ संस्थालाई ३५ खर्ब ५० अर्ब चिनियाँ युआनको पूँजी उपलब्ध गराइसकेको छ। हालसम्म बित्तीय सहयोग पाएका ससाना व्यवसायमध्ये ९५ प्रतिशत व्यवसाय रोग अवस्था स्थिर भएपछि आफ्नो भविष्यप्रति अझ आशावादी रहेका छन्।

अखिल चीन उद्योग-वाणिज्य संघले १ लाख ५० हजारभन्दा बढी ससाना व्यवसायको सर्वेक्षण गरे अनुसार, ८० प्रतिशतभन्दा बढी ससाना व्यवसायले के ठहर गरेका छन् भने अघिल्ला ३ वर्षको तुलनामा चालु वर्ष ऋण पाउनका लागि अझ सरल र सुविधाजनक अवस्था रहेको छ।

माइ बैंकका गभर्नर चिन स्याउ लोङले ४० प्रतिशतभन्दा बढी ससाना व्यवसायले सम्पर्क रहित तरिकामार्फत ऋण पाएको जानकारी दिनुभएको छ।

जानकारी तथा लेखहरु