फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अप्रिलमा चीनको निर्यात व्यापारमा बृद्धि

(GMT+08:00) 2020-05-09 19:01:22
कोभिड १९ भाइरस महामारी विश्वमा फैलिएको कारण चीनका धेरैजसो निर्यात उद्योग व्यवसायहरूलाई चुनौती थपिएको देखिन्छ। चिनियाँ भन्सार विभागले सार्वजनिक तथ्याङक अनुसार अप्रिलमा चीनले निर्यात गरेको मात्रा गत बर्षको सोही अवसरको तुलनामा ८.२ प्रतिशतले बृद्धि र निर्यात व्यापार सक्रिय रूपमा पुनरूत्थान भएको देखिन्छ। झन् गाह्रो परिस्थितिमा व्यापारिक मात्रा बृद्धि हुनुको कारण धेरै चिनियाँ उद्योग व्यवसायहरूले वेभसाइटलाई प्रयोग गरी व्यापार सुधार गर्नाले हो।

निर्यात गर्ने उद्योग व्यवसायहरूले निर्यात व्यापारबाट स्वदेशमा बिक्री बजारलाई परिवर्तन गरेका छन्। चीनका चिङतोङ, थाउ पाउ र फिन तो तो समेतका लोकप्रिय अनलाइन सपिङ मलहरूमा पहिलेसभन्दा १ लाख निर्यात उद्योग व्यवसायहरू थपिएका छन्। चीनको आलिबाबा अन्तर्राष्ट्रिय अनलाइन व्यापारिक कम्पनीले विभिन्न व्यवसायहरूलाई बिक्री गर्ने उपायलाई सुधार गरी अप्रिलमा सुरु गरेको "घरबाटै सपिङ गरौँ" नामक कार्यक्रममार्फत भएको बिक्री रकमको मात्रा १० करोड अमेरिकी डरल पुगेको छ। यस बाहेक महामारीबाट प्रभावित अन्तर्राष्ट्रिय उडान कम भएको परिस्थितिमा म्याड्रिड- यिऊ अन्तर्राष्ट्रिय रेल ढुवानी चीनका सामानहरू चीनको यिउ शहरबाट युरोपतिर पठाएको छ। यिउ शहरी भन्सारको तथ्याङक अनुसार अप्रिलमा यिउ शहरबाट विदेश पठाएका प्याकिङहरूको संख्या गत बर्षको तुलनामा ८६७.२ प्रतिशतले बृद्धि भएको देखिन्छ।

जानकारी तथा लेखहरु